single head

जनक नमुना माध्यमिक विद्यालयमा विद्यार्थीको प्रतिभा प्रस्फुटन/ ‘A Matter of Husband’ नाटक मञ्चन

single post top 1

गैँडाकोट, मंसिर ३(हिमालदेव पंगेनी)। पढाइसँगै कला, सिर्जना र प्रतिभाको उजागर गर्ने उद्देश्यका साथ जनक नमुना माध्यमिक विद्यालयमा कक्षा ९ का विद्यार्थीहरूद्वारा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी कक्षा १२ को अनिवार्य अंग्रेजी विषयअन्तर्गत ‘Play in One Act’ शीर्षकमा समावेश पहिलो नाटक ‘A Matter of Husband’ भव्य रूपमा मञ्चन गरिएको छ।
​पाठ्यक्रममा आधारित सिकाइलाई व्यवहारमा उतार्दै विद्यार्थीहरूको सिर्जनशीलता र प्रस्तुतिकरण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट अभिनय, संवाद कला, आत्मविश्वास र जीवन्त प्रस्तुतिमार्फत उपस्थित दर्शकहरूको मन जित्न सफल भएका थिए।
​विद्यालयका शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि दीपक ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद घिमिरे प्रमुख अतिथिका रूपमा रहनु भएको थियो।​त्यसैगरी कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक द्वय राजनबाबु अधिकारी, हिमालय देव पंगेनी, कक्षा ११–१२ व्यवस्थापन संकायका संयोजक प्रेम आचार्य, QAP तथा अंग्रेजी विभाग संयोजक मनोजविक्रम बिष्ट र परीक्षा संयोजक विष्णु रिजाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस्तै, शिक्षक मुकुन्द न्यौपाने, पार्बती गौडेल, दुर्गा नेपाल लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

single p1


​कार्यक्रममा मन्तव्य राख्दै सहायक प्रधानाध्यापक हिमालदेव पङ्गेनीले यस्ता सिर्जनात्मक तथा पाठ्यक्रममा आधारित गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, सामूहिक कार्यभावना, संवाद कला र प्रस्तुति सीपको विकास गर्नुका साथै उनीहरूभित्र लुकेका प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो।

single p2

त्यस्तै प्रमुख अतिथि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द घिमिरेले ​शिक्षा केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नरही सिकाइलाई व्यवहारमा उतार्दै विद्यार्थीभित्रको प्रतिभा पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्नु नै गुणस्तरीय शिक्षाको सुन्दर पक्ष रहेको बताउनुभयो ।  कार्यक्रमको सहजीकरण अंग्रेजी विभाग संयोजक मनोजविक्रम बिष्टले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3