single head

प्रथम नवलपुर लोकतारा–२०८३ कार्तिक १४ गते गैंडाकोटमा हुने, पशुपति शर्मा सहित राष्ट्रिय चर्चित कलाकार आउने ।

single post top 1

 गैंडाकोट । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा प्रथम नवलपुर लोकतारा–२०८३ हुने भएको छ। कार्यक्रम आगामी कार्तिक १४ गते शनिबार गैंडाकोट–२ स्थित होटल ताजमहल एभरेस्टमा आयोजना हुने भएको हो। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।

single p1

प्रतिष्ठानले जिल्लाभित्र लुकेर रहेका लोकप्रतिभाको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रथम नवलपुर लोकतारा–२०८३ आयोजना गरेको हो। प्रतियोगितामा जिल्लाका आठवटै पालिकाबाट छनोट भएका प्रतिभाहरूबीच प्रतिस्पर्धात्मक प्रतियोगिता हुने छ। कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रीय नवनिर्वाचित कार्यसमिति , पशुपति शर्मा,दिपक खड्का, शिव हमाल सहित राष्ट्रिय चर्चित कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ।

single p2

प्रतिष्ठानका जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरेका अनुसार लोकसंस्कृति, लोककला तथा दोहोरीगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले लोकतारा कार्यक्रम आयोजना गरिएको हो। यस्ता कार्यक्रमले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै नवलपुरको सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास लिएको अध्यक्ष घिमिरे बताउनुभयो ।
कार्यक्रमका संयोजक शान्ति कँडेलले प्रतियोगितामार्फत जिल्लामा लुकेर रहेका प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिएको बताउनुभयो। उहाँले कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै दर्शक, श्रोता तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई कलाकारलाई हौसला प्रदान गर्न आग्रह गर्नुभयो।
प्रतियोगितामा प्रथम हुनेले ३१ हजार १३१ रुपैयाँ, द्वितीय हुनेले २१ हजार १२१ रुपैयाँ र तृतीय हुनेले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले लोक सङ्ग्रहालय तथा आमाघरको भवन निर्माणको काम अगाडि बढाएको छ। अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन भन्ने मूल ध्येयका साथ आयोजना गरिएको यस कार्यक्रमले मौलिक लोकभाका, संस्कृति, रीतिरिवाज, रहनसहन तथा भेषभूषाको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3