single head

एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

single post top 1

गैंडाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलक गैरेले गैंडाकोट नगरपालिका–६ मा रहेको भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग गर्नुभएको छ।

single p1

विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा गैरेले विद्यालयलाई २ वटा स्मार्टबोर्ड हस्तान्तरण गर्नुभएको हो।
आफ्नै वडामा रहेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै उपाध्यक्ष गैरेले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन सहयोग गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

single p2

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यालयलाई स्मार्टबोर्ड सहयोग गरेर शैक्षिक विकासमा योगदान पु¥याएकोमा तिलक गैरेप्रति धन्यवाद व्यक्त गर्नुभयो। नगरप्रमुख अधिकारीले नगरपालिकाले पनि विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामग्री तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै विद्यालयको विकास र विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो।


गैडाकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष सुभाष चापाँगाईले यस किसिमका सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न तथा विद्यार्थीलाई आधुनिक प्रविधिको माध्यमबाट अध्ययन गर्ने अवसर प्रदान गर्न मद्दत पुग्ने बताउनु भयो।

विद्यालयका प्रधानाध्यापक सिता लम्सालले विद्यालयलाई स्मार्टबोर्ड उपलब्ध गराउँदा शिक्षण सिकाइलाई थप प्रभावकारी, व्यावहारिक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगदाता गैरेप्रति आभार प्रकट गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा बोटेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका माया कँडेलले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, विद्यार्थी, अभिभावक, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइको वातावरण विकास गर्न स्मार्टबोर्डले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3