single head

विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

single post top 1

काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै विजयी शुरुआत गरेको छ ।

single p1

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ३ बलमा १४९ रन बनाउँदा सबै विकेट गुमायो । विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३, लोकेश बमले २६ रन बनाए । चितवनका कमल ऐरीले ४, रिजन ढकालले २ विकेट लिए ।

single p2

५ विकेट गुमाएर १३२ रनकाे अवस्थामा रहेकाे विराटनगरले त्यसपछि १७ रन जाेड्दा बाँकी सबै विकेट गुमाउन पुग्याे ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले ७० रन बनाए । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १/१ विकेट लिए ।

पहिलो पटक डीआरएसको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता, विदेशी खेलाडीको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । तेस्राे संस्करणकाे प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3