single head

प्रधानाध्यापक संघ नेपाल द्धारा गैँडाकोट नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

single post top 1

गैँडाकोट । प्रधानाध्यापक संघ नेपाल (Principals Association of Nepal—PAN) ले गण्डकी प्रदेशको उत्कृष्ट नगरपालिकाका रूपमा गैंडाकोट नगरपालिकालाई छनोट गरेको छ।
संघले नगरपालिकालाई उक्त उपलब्धिका लागि बधाई दिँदै पुरस्कार ग्रहण तथा सम्मान समारोहमा सहभागी हुन निमन्त्रणा गरेको छ। PAN केन्द्रीय समितिका अध्यक्ष सुदाम प्रसाद गौतमद्वारा हस्ताक्षरित पत्र अनुसार विद्यालय शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने राष्ट्रिय पुरस्कारका लागि गैंडाकोट नगरपालिका छनोट भएको हो।

single p1

संघले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलन आयोजना गरी विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, विशिष्ट शिक्षाविद् तथा शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व र संस्थालाई सम्मान गर्दै आएको छ। योग्यतामा आधारित निष्पक्ष, पारदर्शी र विश्वसनीय छनोट प्रक्रिया मार्फत गैंडाकोट नगरपालिकालाई गण्डकी प्रदेशको उत्कृष्ट नगरपालिकाका रूपमा छनोट गरिएको पत्रमा उल्लेख छ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3