चितवन । फेन्सी व्यवसायी संघ चितवनले नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली, छठ पर्व, नेपाल संवत् तथा अन्य सम्पूर्ण राष्ट्रिय एवं सांस्कृतिक पर्वहरूको अवसरमा सम्पूर्ण सदस्य, परिवारजन तथा शुभेच्छुकहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना आदान प्रदान गरेको छ।
संघले शुभकामना सन्देश जारी गर्दै चाडपर्वले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र सहकार्यको भावनालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै, पर्वहरूले सबै व्यवसायीमा व्यावसायिक सफलता, आर्थिक समृद्धि र सुखमय जीवनको मार्ग प्रशस्त गरून् भन्ने कामना गरेको छ।
संघले संस्थाभित्रको एकता, सहकार्य र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउँदै लैजाने अपेक्षा व्यक्त गर्दै सम्पूर्ण सदस्यहरूको व्यवसाय दिनप्रतिदिन फस्टाउँदै जाओस् र सबैको जीवनमा सुख, शान्ति तथा समृद्धिको उज्यालो छाओस् भन्ने शुभेच्छा प्रकट गरेको छ।
चाडपर्वले नेपाली समाजमा आपसी मेलमिलाप, सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने फेन्सी व्यवसायी संघ चितवनले जनाएको छ ।









