single head

गौडेल रेग्मी बन्धु समाजद्वारा स्मारिका विमोचन तथा धर्मशाला हस्तान्तरण

single post top 1
गैंडाकोट(नवीन सुवेदी )। गौडेल रेग्मी बन्धु समाज, नेपालले ‘गौडेल रेग्मी बन्धु संक्षिप्त परिचय स्मारिका–२०८३’ विमोचन तथा गौडेल रेग्मी धर्मशाला हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार हनुमान मन्दिर परिसरमा आयोजित कार्यक्रममा करिब ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको धर्मशाला को भुइँतला हस्तान्तरण गरिएको हो। धर्मशालाले समाजका सदस्य तथा समुदायका लागि धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा समाजका अध्यक्ष वेदप्रसाद गौडेलले समाजको उद्देश्य, बन्धुबीचको एकता तथा सामाजिक कार्यको महत्वबारे चर्चा गर्नुभएको थियो।
समाजका ज्येष्ठ अभिभावक ९९ वर्षीय चन्द्रप्रसाद हमाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।उहाँले समाजको एकता, सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
समाजले प्रकाशित गरेको गौडेल रेग्मी बन्धु संक्षिप्त परिचय स्मारिका माथि पिताम्बर सापकोटाले चर्चा गर्नुभएको थियो ।
स्मारिका विमोचन तथा धर्मशाला हस्तान्तरण कार्यक्रमले गौडेल रेग्मी बन्धु समाजको पहिचान, इतिहास र सामाजिक योगदानलाई अभिलेखीकरण गर्नुका साथै भावी पुस्तासम्म बन्धु समाजको सम्बन्ध र परम्परा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
समाजले बन्धुहरूबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने लक्ष्य राखेको छ।
समाजका पूर्व उपाध्यक्ष डा.अनन्त रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समाजका कोषाध्यक्ष गोकुल रेग्मीले गर्नुभएको थियो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3