single head

गैंडाकोटको नारायणी सामुदायिक वनलाई ३५ हजार रुपैयाँसहित प्रकृति संरक्षण पुरस्कार

single post top 1
चितवन । वन प्राविधिक समाज, चितवनले गैंडाकोटस्थित नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई नगद ३५ हजार रुपैयाँसहित प्रकृति संरक्षण पुरस्कार प्रदान गरेको छ।
समाजको १५औँ साधारणसभा तथा आठौँ अधिवेशनको अवसरमा शुक्रवार समाजको सभाहलमा वन तथा वातावरण संरक्षणका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई उक्त पुरस्कारसहित सम्मान गरिएको हो। कार्यक्रममा वन तथा वातावरण संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले निर्वाह गर्दै आएको भूमिकाको महत्त्व समेत उजागर गरिएको थियो।
सम्मान कार्यक्रममा नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटा, उपाध्यक्ष धनपति सापकोटा, सचिव सीता गिरी, कोषाध्यक्ष बिमला मगर,कार्यसमिति सदस्यहरु ,कार्यलय सचिव हरिप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो।
सामुदायिक वनले वन संरक्षण, जैविक विविधताको जगेर्ना तथा वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको वन प्राविधिक समाज, चितवनका अध्यक्ष दुर्गा बहादुर कार्कीले बताउनु भयो ।
समुहले प्राप्त गर्ने यस्ता पुरस्कार तथा सम्मानले वन संरक्षणमा क्रियाशील हुन थप प्रोत्साहन मिल्ने नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले बताउनु भयो।
वन प्राविधिक समाज, चितवनले आयोजना गरेको साधारणसभामा संस्थागत गतिविधि, वन व्यवस्थापन र वातावरण संरक्षणका विषयलाई समेत प्राथमिकता दिइएको थियो।
नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरिएको प्रकृति संरक्षण पुरस्कारले वन तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत अन्य सामुदायिक वन समूहलाई समेत प्रोत्साहन मिल्ने विश्वास समाजले लिएको छ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3