spot_img

Friday, June 26, 2026

एकैदिन मोडल देव आरएनको ‘तिम्रो साथ’ र ‘रिङ्ग रिङ्ग’ बोलको दुई गीत रिलिज

चितवन । चितवनबाट मोडलिङमा सक्रिय मोडल देव आरएनको एकैदिन दुई वटा म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल देव अभिनित ‘तिम्रो साथ’ र ‘रिङ्ग रिङ्ग’ बोलको दुई गीत आज एकैदिन सार्वजनिक भएको हो ।

सरोज पोख्रेल प्रस्तुतकर्ता रहेको ‘तिम्रो साथ’ बोलको गीतमा अहिलेका चर्चित गायक प्रताप दास र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ । गीतमा सरोज पोख्रेलको शब्द संगीत र देबेश राईको एरेन्ज रहेको छ । राजिव सुनार निर्देशित भिडियोमा देवको जोडीको रुपमा कृतिका पौडेल फिचर्ड छिन् ।

रोमान्टिक जनराको यो गीतको भिडियो ओमराज लामा र मिलन सुनारले खिचेका हुन् भने ओम र मिलनले नै सम्पादन गरेका हुन् । गीतको छाँयाकन चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा छाँयाकन गरिएको हो ।

यस्तै आज नै देव अभिनित मैथिली भाषाको गीत ‘रिङ्ग रिङ्ग’ पनि सार्वजनिक भएको छ । यो गीतमा देवको साथमा काजल कर्णलाई देख्न सकिन्छ । गीतमा सुमित मल्लिकको शब्द, संगीत र आवाज रहेको छ ।

त्रिकोण ईन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो गीतको भिडियोलाई पनि राजिव सुनारले नै निर्देशन गरेका हुन् । गीतको भिडियोमा मिलन सुनारको छाँयाकन तथा सम्पादन रहेको छ । यो गीतको भिडियो पनि चितवनमा नै छाँयाकन गरिएको हो ।

केही दिन अघि मात्रै देवको लघु चलचित्र ‘आई लभ यु मम’ सार्वजनिक भएको थियो । यस्तै उनको अन्य केही म्युजिक भिडियो रिलिज हुने तयारीमा रहेका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :