spot_img

Friday, June 12, 2026

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु/ नारायणी किनार पर्यटकीय दृष्टिकोटले उत्कृष्ट गन्तव्य -प्रदेश सांसद सापकोटा

भरतपुर । नारायणी नदी किनारस्थित प्रर्दशनी मैदानमा नारायणी एक्सपो २०८२ सुरु भएको छ । बागमती प्रदेशका सांसद ईश्वर सापकोटा सुमनले बुधबार एक्सपोको उद्घाटन गर्नुभयो । रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद चितवनको सहआयोजनामा भएको एक्सपो विदेशी सहर तथा स्ट्याचु अफ लिभर्टीको मूर्ति रहेको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद ईश्वर सापकोटा सुमनले यस्ता मेला तथा एक्सपोले आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्ने बताउनुभयो । चितवनको नारायणी किनार पर्यटकीय दृष्टिकोटले उत्कृष्ट गन्तव्य रहेकाले एक्सपोले थप पर्यटकीय गतिविधि वृद्धि गर्ने उल्लेख गर्नुभयो । उहाँले एक्सपो मार्फत बाहिरा नआएका उत्पादनलाई प्रर्दशन गरी बजारीकरण गर्न सकिने बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद चितवनका अध्यक्ष सागर कुमाले यस्ता मेला तथा एक्सपोले आदिवासी जनजातिहरुको भेषभूषा सँस्कृतिहरु प्रर्दशन गर्न विषेश सहयोग पुगेको उल्लेख गर्नुभयो । एक्सपोमा हरेक दिन आदिवासीहरुको सँस्कृति नृत्यहरु प्रर्दशन गरिने जानकारी दिनुभयो ।

माघ १४ गतेसम्म चल्ने एक्सपोमा कृषि उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ । यस पटक एक्सपो एक लाखभन्दा बढी दर्शक अवलोकन गर्ने अनुमान गरिएको छ ।

एक्सपो परिसरभित्र बाल उद्यानसँगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली, लण्डन सिटी, स्ट्याचु अफ लिभर्टी निर्माण गरिएको छ । पर्यटन प्रर्वद्धनतर्फ नारायणीमा एक्सपो स्थलबाट मोटरबोट सञ्चालन गरिएको छ । एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब २५० स्टलहरू रहेका छन् । एक्सपो अन्तर्गत हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । भोलि माघ १ गते साँझ ६ बजेदेखि द एज ब्याड र रकहेड ब्याण्डको प्रस्तुति रहने छ । कार्यक्रम संस्थाका अध्यक्ष विकल क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :