single head

बाग्लुङ गल्कोट समाज गैँडाकोटको १२ औं स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर

single post top 1

गैँडाकोट। बाग्लुङ गल्कोट समाज गैँडाकोटको १२ औं स्थापना दिवस तथा एघारौँ साधारण सभा सम्पन्न भएको छ। शनिबार नारायणी सामुदायिक वनको बाल उद्यान पार्क गैडाकोट ९ मा भएको कार्यक्रममा समाजले बृहत वनभोज कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम पनि गरेको थियो। शिविरबाट १२५ जनाले लाभ लिएका छन्।

single p1

बाग्लुङ गल्कोट गैँडाकोट समाजका अध्यक्ष कमल शर्माले समाज लाई अगाडि बढाउन रकम संकलन गरेर समाजको नाममा जग्गा किनेको बताउनुभयो। अध्यक्ष शर्माले समाजको स्थापना दिवसको अवसर पारेर बृहत वनभोज कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर गरेको र आगामी दिनमा पनि स्वास्थ्य शिविर आयोजना गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा आजीवन सदस्यहरू बढाउँदै जाने र समाजको घडेरी पास गरेर घर बनाउने मुख्य लक्ष्य रहेको बताउनुभयो।

single p2

निःशुल्क स्वास्थ्य शिविरमा  मौलाकालिका अस्पतालले प्राविधिक सहयोग गरेको थियो। शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ , नशा तथा हाड जोर्नी र जनरल फिजिसियन सेवा उपलब्ध रहेको थियो। शिविरमा डाक्टर बिमल पौडेल, डा. रमेश पौडेल, डाक्टर शंकर ढकालको टिम रहेको थियो भने रेडियोलोजिस्ट डाक्टर दिपेश शाह, नर्स मन्जु अधिकारी त्यस्तै स्वास्थ्य सहयोगीमा विज्ञान पोखरेल, विशाल गुरुङ, राधा पौडेल रहनुभएको थियो भने अस्पताल सञ्चालक चुडामणि शर्मा र फार्मेसी प्रदिपराज पाठक लगायतको टिम मौलाकाली अस्पतालबाट शिविरमा उपस्थित रहेको थियो।

कार्यक्रममा प्रगति प्रतिवेदन सचिव यमनारायण चालिसे प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष दुर्गाबहादुर पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गल्कोटबाट आएपनि हामी एउटै हौँ, गैंडाकोटे भनेर चिनाउनु पर्ने बताउनुभयो । नगर प्रमुख अधिकारीले हामी विभिन्न ठाउँबाट आएका छौं अब हामी एकजुट भएर हामी सबैले गैडाकोट बासी हौँ, नेपाली हौं भनेर चिनाउनुपर्ने बताउनुभयो । उहाँले एकतामा नै बल हुने भएकोले सबै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष रामसी थापा, सल्लाहकार संयोजक छायादत्त ढकाल, सल्लाहकार सदस्य पोषणराज सुवेदी ,मौलाकालिका अस्पतालबाट डाक्टर शंकर ढकाल ,गल्कोट समाज पोखराका अध्यक्ष खेम थापा, बाग्लुङ मूलपानी समाजका अध्यक्ष ध्रुव न्युरे, चितवन नवलपुर बाग्लुङ सम्पर्क समाजका अध्यक्ष प्रकाश कँडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
समाजको सहसचिव जुना न्युरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समाजका सचिव यम नारायण चालिसेले सहजीकरण गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3