single head

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिका एसिया–प्रशान्त क्षेत्र नौसेनाध्यक्ष बिच शिष्टाचार भेट

single post top 1

फागुन १३ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार अपराह्न भएको भेटमा उहाँहरूबिच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

single p1

भेटमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्त्व दिँदै आएको बताउनुभयो। उहाँले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

single p2

नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गर्नुभयो। उहाँले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। नौसेनाध्यक्ष एक्विलिनो फागुन ८ देखि यहाँ जारी ‘अभ्यास शान्ति प्रयास-४’ अवलोकनका लागि नेपाल भ्रमणमा हुनुहुन्छ।

भेटका अवसरमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिति थियो। रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3