spot_img

Tuesday, April 21, 2026

खेलकुदमा कार्यरत प्रशिक्षक नै खेलाडीसँग मोटो रकम लिएर खेलाडीलाई विदेश पलायन गराउन सक्रिय – युवा तथा खेलकुद मन्त्री

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा कार्यरत प्रशिक्षक नै खेलाडीसँग मोटो रकम लिएर खेलाडीलाई विदेश पलायन गराउन सक्रिय रहेको बताउनुभएको छ ।

आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आयोजत प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले खेलकुद प्रशिक्षकले खेलाडीसँग २२ लाख रुपियाँसम्म लिएर विदेश पठाएको प्रमाण आफूले पाएको बताउनुभयो ।

‘‘खेलकुदको नाममा विभिन्न प्रतियोगितामा खेलाडी पठाउने र उनीहरुसँग मोटो रकम लिएर प्रशिक्षकले मानव तस्करीको काम गरिरहेका रहेछन् । त्यसको सूचना संकलन गरिरहेको छु । अब मानव तस्करलाई छिट्टै कारबाहीको दयरामा ल्याइनेछ । खेलकुदमा अनुशासन कायम गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउन आवश्यक छ । खेलकुदमा भएका बेथिति हटाउन र स्वच्छ राख्न सबैको सहयोगको आवश्यक छ,’’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका खेलाडीको आवासका‌ लागि पुल्चोकस्थित हालको मन्त्री क्वार्टर प्रयोगमा ल्याउन छलफल सुरु भएको बताउनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :