spot_img

Saturday, November 9, 2024

थाइराइड रोग के हो ? बिरामीले कस्तो खानेकुरा खादा फाइदा हुन्छ

काठमाडौं । आजकाल थाइराइड प्राय: जसोलाई हुने गरेको पाइन्छ । यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो । यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ ।

मानिसमा थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ । थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ ।

  • -advertisement-
  • -advertisement-

त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ । यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ । टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ । टीएसएचले थाइराइड हर्माेन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।

थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ किनभने अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । हर्माेन कमीको समस्या पुरुष भन्दा महिलामा नै बढी देखिन्छ । थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ ।

यो रोग विशेष गरी अस्वस्थ जीवनशैलीका कारण हुन्छ । त्यसैले यसमा औषधिहरूको साथै पौष्टिक खानपान र स्वस्थ जीवनशैलीको पनि ख्याल राख्न आवश्यक हुन्छ । यस्तै केही खाद्य वस्तुहरू छन्, जसको सेवन गरेर हामी थाइराइडलाई कम गर्न सक्छौँ ।

नरिवल : काँचो नरिवलको सेवन थाइराइडको समस्यालाई कम गर्न सहयोगी हुन सक्छ । यसका लागि तपाईंले नरिवललाई कुनै पनि रूपमा आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । नरिवलको सेवनले मेटाबोलिज्मलाई सही राख्छ, जसले शरीरलाई स्वस्थ राख्छ ।

अमला : भिटामिन–सीले भरपुर अमलाको सेवन थाइराइडमा धेरै नै फाइदाजनक साबित हुन्छ । यसका लागि बिहानको समयमा अमलाको पाउडरलाई महसँग खानुहोस् वा अमलाको जुसलाई मनतातो पानीसँग सेवन गर्नुहोस् ।

स्याउ: पेक्टिन र फाइबरले भरपुर स्याउको नियमित सेवनले शरीरलाई राम्रोसँग डिटक्स गर्न मद्दत गर्छ, जसले थाइराइडलाई नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ ।

अण्डा: दैनिक अण्डाको सेवन धेरै नै लाभदायक हुन्छ । अण्डामा ट्रिप्टोफ्यान र टायरोसिन नामक तत्त्व पाइन्छ, जसले मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ र क्यान्सरको जोखिमलाई कम गर्छ । यसमा रहेको प्रोटिन, ओमेगा थ्री फ्याटी एसिड, सेलेनियम, एन्टी–अक्सिडेन्ट र आयोडिन जस्ता पोषक तत्त्व सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक छन् ।

फर्सीको बीज: दैनिक फर्सीको बीज सेवनले थाइराइडलाई नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ, किनकि फर्सीको बीजमा जिंक पाइन्छ, जसले थाइराइड हर्मोनको उत्पादनमा सहयोग गर्छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार