single head

गायिका जीवनी कुमारि कुमालको नयाँ गीत पोखरा धनगढी युट्युब च्यानलमा सार्बजनिक

single post top 1
गैडाकोट । गायिका जीवनी कुमारि कुमालको नयाँ गीत पोखरा धनगढी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। पोखरा धनगढी बोलको गीतमा गैंडाकोट मौलाकालिका मन्दिर, इला होटल, मौलाकाली केबलकार ,नारायणी नदी किनार लगायत गैंडाकोट आसपास पनि छायांकन गरिएको र गीतमा यही वरिपरिका शब्द पनि समेटिएको छ।
शुक्रवार जयश्री सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गीतका शब्द र भिडियोले गैंडाकोटलाई पनि चित्रण गरेको हुँदा पर्यटन प्रबधनमा पनि सहयोग पुग्ने बताउनुभयो ।
गीतमा स्वर बिन खाती र जीवनी कुमारि कुमालको रहेको छ भने गीतमा लय तथा शब्द बिन खातीको रहेको छ। त्यस्तै गीतको मोडलमा आनन्द गुरुङ र चाहना रानाभाट रहनु भएको छ भने गीतलाई निर्देशक जोन राईले निर्देशन गर्नुभएको छ। गीतको सुटिङ संयोजन डिका गुरुङले गर्नुभएको छ भने समग्र गीतको अडियो र भिडियोको संयोजन बिन खातीको रहेको छ।
गीतका सर्जक तथा गायक बिन खातीले गैडाकोटको सेरोफेरो लाई जोडेर शब्दमा छ भने भिडियो छायांकन पनि गरिएको उहाँले बताउनुभयो । पोखरा धनगढी भन्ने बोलको गीत माया प्रेममा आधारित रहेको बताउनुभयो।
गैंडाकोटकै स्थानीय प्रतिभा जीवनी कुमालले विभिन्न कार्यक्रममा आफ्रना प्रस्तुतिहरु राख्दै आउनुभएको छ भने उहाँले पहिलोपटक लोकदोहोरी एल्बम निकाल्नु भएको हो। गीतलाई जीवनी कुमारि कुमालको युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3