spot_img

Tuesday, June 9, 2026

नेकपा एमालेले नयाँ पुस्तासँग अन्तरसंवाद गर्ने

 जेठ २१,काठमाडौँ । नेकपा (एमाले) दश संकल्प प्रस्ताव जारी गर्दै नयाँ पुस्तासँग अन्तरसंवाद गर्ने निर्णय गरेको छ । बुधबार र बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय कार्यशालाबाट एमालेले सो निर्णय गरेको हो ।

एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार कार्यशालामा पार्टीको सङ्गठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अगाडि बढाउने घोषणा गरेको छ।

उहाँका अनुसार एक सङ्गठित सदस्यले न्यूनतम तीन नयाँ पार्टी सदस्य तयार गर्ने, मतदातालाई पुनः पार्टीमा सक्रिय हुन आह्वान गर्ने,  ‘ठिक समय एमाले समय’ भन्ने नारालाई यथार्थमा रुपान्तरण गर्ने, विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोग गरी डिजिटल क्रान्तिमा रुपान्तरित गर्ने, सदस्यता नवीकरणको कामलाई सम्पन्न गर्ने सङ्कल्प गरिएको छ।

यसैगरी, आफ्नो समुदायका मुद्दाहरुको नेता सङ्गठन बनाउने र साङ्गठनिक रुपमा केन्द्रदेखि आधारसम्म पुनर्गठन गर्न आवश्यक समन्वय गर्ने, नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरुको सबै कमिटीले आयोजना गर्ने भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :