spot_img

Wednesday, January 28, 2026

एसइईमा शत प्रतिशत नतिजा निकाल्ने किड्सहोम एकेडेमी सम्मानित

गैँडाकोट । गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले उत्कृष्ट विद्यार्थी, विद्यालय र शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । सोमबार गैँडाकोट नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक र निवृत्त शिक्षक गरी ६३ जनालाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालय पनि सम्मानित भएका छन् ।
गैडाकोट वडानम्बर १० मा अवस्थित किड्सहोम एकेडेमीले एसइइमा शत प्रतिशत नतिजा ल्याउन सफल सर्बोत्कृष्ट विद्यालय एवम् विषयगत स्कोर सहित एसइइ परीक्षामा अंग्रेजी विषयमा ३.९० जिपिए सहित शत प्रतिशत ,सामाजिक विषयमा ३.४५ जिपिए सहित शत प्रतिशत ,विज्ञान विषयमा ३.५५ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल शिक्षक शिक्षिकाहरू एवम् विएलई(BLE) परीक्षामा विषयगत स्कोर सहित ३.२३ जिपिए सहित शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल गैंडाकोट नगरपालिका कै उत्कृष्ट शिक्षक बाट सम्मानित भएका छन् ।
एसइईमा सतप्रतिशत नतिजा ल्याएकोमा विद्यालयले १५ हजार पुरस्कार राशी प्राप्त गरेको छ ।

मुख्य पाँच विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई उच्च औषत सिकाइ उपलब्धि हासिल गराउन सहजीकरण गरेका शिक्षकहरुलाई रु ५ हजार पुरस्कार राशी सहित सम्मान गरिएको छ । यसरी पुरष्कृत शिक्षकहरुमा किड्स होमका शिक्षक रमेश राइ, रिमा पौडेल, दलकुमारी थनेत र जीवन परियार सम्मानित हुनुभएको छ ।

२०८१ सालमा कक्षा ८, १० र १२ को परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीहरुलाई रु ५ हजार पुरस्कार राशी सहित सम्मान गरिएको छ । यसैगरी कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई तीनहजार पुरस्कार राशि सहित सम्मान गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, निवर्तमान गैँडाकोट नगरउपप्रमुख एवम् शिक्षा समिति सदस्य विष्णु कुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायतले पालिकाले शिक्षाको गुणस्तर र निशुल्क शिक्षा कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

नगर शिक्षा समिति सदस्य दोलराज पाण्डेले अतिथिहरुलाई स्वागत गर्ने क्रममा विगतका कमिकमजोरी सच्याई शिक्षक साथीहरुको उत्प्रेरणा बढाउन यस वर्ष फरक मापदण्ड अनुरुप सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम गरिएको बताउनुभयो ।कार्यक्रममा शिक्षा शाखाप्रमुख खेमप्रसाद आचार्यले शिक्षकलाई गाली गरेर नभइ प्रेरणा दिएर बदलाब ल्याउन सकिने बताउनुभएको छ ।

शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम गैँडाकोट शिक्षा शाखाका अधिकृत रामप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :