spot_img

Thursday, January 22, 2026

गैँडाकोट महोत्सवमा आज राजनराज शिवाकोटी सहितका राष्ट्रिय कलाकार आउने

गैँडाकोट । चौथो गैँडाकोट महोत्सव अन्तर्गत आज सोमकार चर्चित कलाकार राजनराज शिवाकोटीसहितका कलाकार आउने भएका छन् । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित महोत्सवमा सोमबार शिवाकोटीसहित नन्दु  परियार, टीकि सरा राना, सरिता गुरुङ श्रेष्ठलगायतका कलाकारको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।

महोत्सवमा हरेक दिन नै स्थानीय कलाकारको समेत प्रस्तुती रहने लम्सालको भनाइ छ । पुस २५ गते महोत्सव सुरु भएपछि दोस्रो दिनबाट महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकरहरुले प्रस्तुती राखेका लम्सालले बताए । महोत्सवको बाँकी दिनमा समेत अन्य चर्तित कलाकारहरु महोत्सवमा आफ्ना प्रस्तुती राख्न आउने लम्सालको भनाइ छ ।

आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवमा दर्शकहरुको आकर्षण उल्लेखनीय रहेको छ । स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सापकोटाले बताए । सापकोटाकाअनुसार महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका छन् ।

माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :