spot_img

Thursday, January 22, 2026

अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा गैंडाकोट वडा नं. ७ बिजयी

गैँडाकोट। नवलपुरको गैँडाकोटमा जारी अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा क्वाटरफाइनलका  खेलहरु  भएका छन् ।

शनिबार  क्वाटरफाइनलको अन्तिम खेलमा गैंडाकोट वडा नं. ७ र गैंडाकोट वडा नं. ५ बीच प्रतिस्पर्धा भएको थियो। अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक  खेलमा वडा नं. ७ ले   ३- ० गोल अन्तरले  शानदार प्रदर्शन गर्दै जित हात गरेको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो  । वडा नं. ७ को तर्फ बाट  योग गुरुङ (जर्सी नं. ७)ले   १ गोल र  विवश नेपालीले १ गोल  गर्नुभयो। वडा नं. ७ ले विपक्षी टोलीबाट १ गोल आत्मघाती गोल पाएको थियो ।   खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका गैंडाकोट वडा नं. ७ का खेलाडी योग गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।

गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा जारी प्रतियोगिता गैँडाकोट फुटबल क्लबको आयोजनामा भइरहेको छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुने जनाइएको छ ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :