spot_img

Thursday, January 22, 2026

नवलपुर संघिय क्षेत्र नम्वर १ मा नेपालि कांग्रेसबाट अबको उमेद्वार को । चार जनाको नाम अग्रपंक्तिमा

नवलपुर । आउँदो फागुन  २१ गते हुने गैरहेको प्रतिनिधिसभा निर्वाचनको लागी देशै भरका निर्वाचन क्षेत्रमा राजनीतिक जोड घटाउ चलिरहेको छ । कहि एकल सिफारिस गरिएको छ भने कहि आकांक्षी धेरै भएर मिलाउन हम्मे हम्मे भएको छ ।
दुई वटा निर्वाचन क्षेत्र भएको नवलपुरमा पनि दलका नेताहरुले आफ्नो उम्मेदवारी दाबी गर्न सुरु गरेका छन । चासोको रुपमा हेरिएको नवलपुरको संघिय क्षेत्र नं १ मा भने नेपाली कांग्रेसबाट लगातार चार कार्यकाल चुनाव जितेका कांग्रेसका पुर्व महामन्त्री डा. शशांक कोइरालालाई पहिलो नम्वरमा सिफारिस गरिएको थियो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ ले आफ्नो क्षेत्रका विभिन्न तर्फका उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेर पठाइएको थियो । तर नेपालि कांग्रेसमा अहिले राजनितिक उथलपुथल भएको छ । नेपालि कांग्रेसमा विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित हुनु भएको छ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता पनि दिएको छ। तर निबर्तमान पाटि सभापति शेर बहादुर देउवा समुहले असन्तुष्टि जनाएको छ,यो निर्णय मान्देनौ भनिरहेको छ ।

तर चासोको रुपमा हेरिएको नवलपुरको संघिय क्षेत्र नं १ मा भने नेपाली कांग्रेसबाट अहिले चार जनाको नाम अग्रपंक्तिमा रहेको बिशेष स्रोतले जनाएको छ । जस अन्र्तगत ओम सापकोटा, गजेन्द्र बहादुर आले, बालकृष्ण घिमिरे र बद्रि सापकोटाको नाम आएको हो । विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्व आए पछि नवलपुरको संघिय क्षेत्र नं १ मा नेपालि कांगे्रस बाट स्थानिय उमेद्वारको नाम अग्रपंत्तिमा आएको हो । अबको निर्वाचनमा यिनै चार जना मध्ये कुनै एक जना उमेद्वार हुने पक्का पक्कि रहेको बिशेष स्रोतले जनाएको छ । चार जना मध्ये कस्को नेतृत्वमा चुनाबमा जानि हो भने चुनाव जित्न सकिन्छ भनेर छलफल भइरहेको एक नेताले बताउनु भयो । नयाँ नेतृत्व पाए पछि नवलपुर कांग्रेस उत्साहित भएकोले अगामि चुनावमा जित निकाल्न सहज हुने स्थानिय नेताहरुको दाबि रहेको छ ।

आसन्न निर्वाचनमा टिकट बाँड्न नेपाली कांग्रेसले १३ सदस्यीय बोर्ड गठन गरेको छ। बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री र सह महामन्त्री लगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :