spot_img

Friday, June 19, 2026

गैँडाकोट वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नम्बर ७ र महिलातर्फ वडा नम्बर १६ विजयी

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि सुरु भएको वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर ७ र महिलातर्फ वडा नम्बर १६ ले विजयी सुरुवात गरेका छन् ।

गैँडाकोटमा जारी फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार सम्पन्न खेलहरू निकै रोमाञ्चक बनेका छन् । पुरुषतर्फको पहिलो खेलमा गैँडाकोट वडा नम्बर २ र वडा नम्बर ७ आमनेसामने भएका थिए  ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । तर दोस्रो हाफमा वडा नम्बर ७ का भक्तबहादुर कुमाल (जर्सी नम्बर ६) ले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको केही समयमा विवस नेपाली (जर्सी नम्बर ८) ले थप गोल गर्दै वडा नम्बर ७ लाई मजबुत बनाए । तर, निर्धारित समय भित्र  गैँडाकोट वडा नम्बर २ का शैलेश घिमिरे (जर्सी नम्बर ५) ले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

उक्त खेलमा भक्तबहादुर कुमाल ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद रु ५०० र एक मेडल प्राप्त गरे । नगद पुरस्कार वडा नम्बर ५ निवासी लोकबहादुर आलेले सहयोग गरेका थिए ।

त्यस्तै, आजको दोस्रो खेल महिलातर्फको पहिलो खेल सम्पन्न भएको  थियो । गैँडाकोट वडा नम्बर १६ र वडा नम्बर ३ बीच भएको खेलमा पहिलो हाफमा कुनै पनि टिम बाट गोल हुन सकेन । तर दोस्रो हाफमा गैंडाकोट वडा नम्बर १६ की रेनु शर्मा (जर्सी नम्बर ७) ले निर्णायक गोल गर्दै टोलीलाई बिजयी गराइन ।

उत्कृष्ट प्रदर्शनका कारण उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । भोलि बुधबार बिहान १० बजे पुरुषतर्फको पहिलो खेल वडा नम्बर ११ र वडा नम्बर १ बीच हुनेछ । त्यसपछि बिहान ११ बजे वडा नम्बर १४ र वडा नम्बर ६, दिउँसो १२ बजे वडा नम्बर ४ र वडा नम्बर १५ बीच हुने प्रतियोगिताका  संयोजक प्रशान्त रेग्मीले जानकारी दिए ।

चौथो खेलमा वडा नम्बर ११ र वडा नम्बर ७ आमनेसामने हुनेछन् । चौथो खेल महिलाहरुको भएको भन्दै दिउँसो १ बजे हुने रेग्मीले बताए ।

गैँडाकोटमा जारी प्रतियोगिताले स्थानीय खेलाडीहरूको उत्साह र प्रतिभा उजागर गरिरहेको छ । पुरुष तथा महिला दुवै तर्फका खेलहरूले दर्शकलाई रोमाञ्चक क्षण प्रदान गरिरहेका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :