spot_img

Saturday, January 17, 2026

गैंडाकोट ४ ज्येष्ठ नागरिक संघको दोस्रो अधिवेशन सम्पन्न

गैंडाकोट । गैंडाकोट ४ ज्येष्ठ नागरिक संघको दोस्रो अधिवेशन सोमबार गैंडाकोट ४ स्थित कोटेश्वर शिवालय मन्दिर परिसरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

संघका अध्यक्ष नारायणप्रसाद पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष तेजप्रसाद घिमिरे रहनुभएको थियो । उहाँले ज्येष्ठ नागरिकहरूलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक संघका संस्थापक नगर अध्यक्ष टोलनाथ घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियोे । निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पराजुलीले पुनः नारायणप्रसाद पण्डितको अध्यक्षतामा १३ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको जानकारी दिनुभयो । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष डण्डापाणि भुसाल, सचिव रामचन्द्र घिमिरे, कोषाध्यक्ष बलराम शाही, सहसचिव मेघनाथ शर्मा रहनुभएको छ ।

समितिको सदस्यहरूमा कृष्णप्रसाद घिमिरे, बलिभद्र कँडेल, बिमला पराजुली, डिल्लीप्रसाद सापकोटा, विष्णुप्रसाद तिवारी, मिरा घिमिरे र सुभाष गौतम रहनुभएको छ । यसैगरी नगर प्रतिनिधिमा पदमराज काफ्ले, प्रमेराज तिवारी र दामोदर पौडेल रहनुभएको छ । यस अघि सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पदमराज काफ्लेले राख्नुभएको थियोे भने कार्यक्रमको सहजीकरण सचिव प्रेमराज तिवारीले गर्नुभएको थियोे ।

कार्यक्रममा वडाभित्रका ८० जना ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको जानकारी निर्वाचन समिति सदस्य चूडामणि शर्मा सुबेदीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक संघका गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेका अनुसार पौष मसान्तभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारीसमेत दिनुभएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :