spot_img

Saturday, January 17, 2026

नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार बिहान हुने

 पुस १, काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार बिहान मात्र हुने भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान प्रक्रिया बुधबार बिहान ८ बजे सुरु हुने जानकारी दिनुभएको हो ।

मंगलबार बिहान ९ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेका लागि सरेको थियो । मतदान प्रक्रिया साँझ ८ बजेसम्म पनि सुरु हुन नसकेपछि थप तयारी गरेर भोलिमात्र गर्ने सहमति भएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनुहुनेछ।  अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँहरु प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिनुभएको हो । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो । चुनावी प्रक्रियामा गएर नेतृत्व चुन्ने प्रक्रिाय सुरु भएपछि महाधिवेशन लम्बिएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :