spot_img

Wednesday, June 10, 2026

अपाङ्ग जीवन विकास संस्थालाई न्यानो कपडा एवं खाद्यान्न सामग्री प्रदान

गैंडाकोट । गैंडाकोट १ मा रहेको अपाङ्ग जीवन विकास संस्थालाई न्यानो कपडा एवं खाद्यान्न सामग्री प्रदान गरिएको छ। शनिबार संस्थामा एक कार्यक्रम गर्दै नेपाल मानव धर्म सेवा समिति हंसकृति आश्रम नारायणगढले संस्थामा आश्रित फरक क्षमता भएका व्यक्तिलाई सहयोग हस्तान्तरण गरेको हो ।


संस्थामा रहेका २४ जना फरक क्षमता भएका व्यक्तिलाई जाडो मौसममा  न्यानो कपडा प्रदान गरिएको हंशकृति आश्रम नारायणगढका अध्यक्ष बिनोद पौडेलले जानकारी दिनुभयो  । राष्ट्रिय क्यालेण्डर अनुसार मङ्सिर १७ गते अपाङ्ग दिवसको अवसरमा नेपालभरि नै सहयोगको कार्यक्रम आश्रमले गरिरहेको पौडेलले  बताउनुभयो ।

नेपाल मानव धर्म सेवा समिति क्षेत्रीय आश्रमका निवर्तमान अध्यक्ष तिलप्रसाद धिताल लगायत विभिन्न समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :