single head

निशुल्क मुटु तथा दन्त परीक्षण शिविर एवं रक्तदान कार्यक्रम सम्पन्न ,३४६ जनाले लिए स्वास्थ्य सेवा

single post top 1

गैंडाकोट । कालिका नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा शनिबार निशुल्क मुटु तथा दन्त परीक्षण शिविर एवं रक्तदान कार्यक्रम गरेको छ । स्वास्थ्य शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाण्डौका बरिष्ठ चिकित्सक डा.प्रशान्त ब्रजाचार्य सहितको समूहले मुटुको परीक्षण गरेका थिए । सो शिविरमा १ सय ९२ जनाको मुटुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

single p1

सोही अवसरमा कामना डेन्टल चितवनका दन्त चिकित्सक डा. राजु पौडेल लगायतको समूहले १ सय ५४ जनाको दन्त परीक्षण गरिएको थियो । सो अवसरमा १७ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदान गर्नेमध्ये पाँचजना नयाँ रक्तदाता रहेका थिए । कार्यक्रम ८० औँ पटक रक्तदान गरेका चन्द्रमणि पौडेल, ३५ औँ पटक रक्तदान गर्ने नारायण पौडेल र पहिलोपटक रक्तदान गर्ने द्रोपदा कोइरालालाई ब्लडब्याग  हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

single p2


कार्यक्रममा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका प्रशासन प्रमुख विमला अर्यालले गैँडाकोट नगरपालिकाले पहल गरी सम्झौता गरेमा गैँडाकोट क्षेत्रका मुटु सम्बन्धि समस्या भएका बिरामीलाई ५० हजारदेखि एक लाखसम्म छुट दिन सक्ने कुरा व्यक्त गर्नुभयो ।

कालिका नमुना माध्यमिक विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक होमनाथ सापकोटाले स्वागत गर्नुभएको सो कार्यक्रममा गैँडाकोट वडा नं ८ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, कालिका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष त्रिलोचन सापकोटा, नेपाल रेडक्रस सोसाइटी गैँडाकोटका अध्यक्ष उमाकान्त सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको  शिक्षक गोविन्द चालिसेले सहजीकरण गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3