single head

कालिका माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्यो

single post top 1

मङसिर १९ ,गैडाकोट । कालिका नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

single p1

कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं गैडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्मा रहनुभएको थियो । कार्यक्रममा हिजो सम्पन्न भएको मिनि म्याराथनका विजेता खेलाडीहरूलाई प्रमुख अतिथि शर्मा, पूर्व व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी ओमप्रसाद सापकोटाले पुरस्कार वितरण गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले गर्नुभएको थियो।

single p2

विद्यालयले स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । विद्यालयले गरेका कार्यक्रमहरु मंसिर २० गते रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर, शहिद गंगालाल मुटु अस्पतालका चिकित्सकद्वारा मुटुरोग परिक्षण तथा दन्त शिविर,मंसिर २१ गते अभिभावक ब्याडमिन्टन र म्युजीकल चियर प्रतियोगिता,मंसिर २२ गते ७ ए साइड शिक्षक फुटसल प्रतियोगितारहेको छ ।

त्यस्तै, मंसिर २३ गते विभिन्न समिति एवं शिक्षक कर्मचारी अन्र्तक्रिया र खुला भजन प्रतियोगिता,मंसिर २४ गते नगर स्तरीय अन्तर मा.वि शैक्षिक प्रर्दशनी प्रतियोगिता र खुला लोक गीत प्रतियोगिता,मंसिर २५ गते अक्षयकोष, छात्रवृत्ति, पुरस्कार र सम्मान कार्यक्रम,मंसिर २७ गते स्वर्ण जयन्ती मूल समारोह पुस ४ गते समिक्षा एवम् धन्यवाद ज्ञापन कार्यक्रम रहेका छन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3