single head

गैंडाकोट जेसीजको नवनिर्मित भवनको समुद्घाटन /

single post top 1

मङ्सिर १, गैंडाकोट । गैंडाकोट जेसीजको नवनिर्मित भवनको सोमबार समुद्घाटन गरिएको छ । गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा गैंडाकोट ७ गैरीमा भवनको समुद्घाटन भएको गैंडाकोट जेसीज वर्ष २०२५  का अध्यक्ष हरि पौडेलले जानकारी दिनुभयो ।

single p1
ad

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले जेसीजको भवन निर्माणको सुरुवातदेखि नै आफुले नियालिरहेको बताउँदै गैंडाकोट जेसीजले नेतृत्व र व्यक्तित्व विकासमा अझ ससक्त ढंगले लाग्न सुझाव दिनुभयो ।

single p2

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले भवन नहुदा जेसीजले गर्न नपाएका कार्यहरु पुरा गर्ने विस्वास लिएको बताउनुभयो ।

गैंडाकोट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामचन्द्र लामगादेले आफु सरकारी सेवामा जुनसुकै ठाउँमा रहदा पनि जेसीजका साथीहरुसंग नजिक रहेको बताउँदै गैंडाकोटमा पनि जेसीजसंग मिलेर कार्य गर्न पाउदा खशी लागेको बताउनुभयो।


त्यसैगरी, गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले गैंडाकोट जेसीज स्थापना, जग्गा प्राप्तिसंगै भवन निर्माण गर्दा गरेका संघर्ष स्मरण गर्दै जेसीजको गरिमा कायम राख्न जेसीज सदस्यहरुलाई आग्रह गर्नुभयो । नेपाल जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटाले आफुलाइ जेसीजमा लाग्ने प्रेरणा गैंडाकोट जेसीजबाटै मिलेको बताउँदै नेपाल जेसीजको नेतृत्व प्राप्तिको लागि पनि गैंडाकोट जेसीजको साथ र सहयोग रहने विश्वास लिएको बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट जेसीजका पूर्व अध्यक्ष सुशील काफ्ले, गैंडाकोट वडा नम्बर ७ का कार्यवहाक वडा अध्यक्ष तारापति  त्रिपाठी,माडी जेसीजका अध्यक्ष इश्वर रानाभाट, स्थानीय महिला समुह, टोल विकास संस्था, सामाजिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जेसीज सप्ताहको बारेमा जानकारी गराउँदै गैंडाकोट जेसीजका अध्यक्ष हरि पौडेलले मौलाकालिका प्रवेशद्वारमा गैंडाकोट जेसीजको स्वागत बोर्ड राख्ने कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, महेन्द्र स्मारक स्कुलमा पिङ हस्तान्तरण कार्यक्रम, नारायणी मावि गैंडाकोट ७ मा शैक्षिक सामाग्री वितरण कार्यक्रम, शिवालय मन्दिर सरसफाई तथा वृक्षारोपण लगायतका कार्यक्रम गरिने गरिने जानकारी दिनुभयो ।

गैंडाकोट जेसीजका पुर्व अध्यक्षहरु,वर्ष २०२५ को बोर्ड पदाधिकारी, सदस्य, स्थानीय बासिन्दाको उपस्थिती रहेको कार्यक्रममा गैंडाकोट जेसीजका कार्यकारिणी उपाध्यक्ष रमेश कोइराला संयोजक रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण गैंडाकोट जेसीजका महासचिव मदन सापकोटाले  गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3