spot_img

Friday, November 7, 2025

लायन्स डिष्ट्रिक ३२५ आरको प्रशासकिय भवनको सिलान्यास

कार्तिक २१,भरतपुर। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले आज शुक्रबार भरतपुर–३, चितवनमा एक भव्य समारोहका बीच आफ्नो प्रशासकिय भवनको सिलान्यास गरेको छ । लायन्स अन्तराष्ट्रियका पुर्व निर्देशक बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता एवं एल.सि.आई.एफ.एरिया लिडर (LCIF Area Leader) राजन लम्सालको बिशिष्ट अतिथ्यतामा सिलन्यास समारोह सम्पन्न भएको हो ।

नेपालमा १५ वटा लायन्सका डिष्ट्रिक क्रियाशिल छन् । ति डिष्ट्रिकमध्ये आफ्नै प्रशासकिय भवनको सिलान्यास गर्ने डिष्ट्रि ३२५ आर पहिलो डिष्ट्रिकको हो । हाल यस डिष्ट्रिकमा १८७ वटा लायन्स क्लबहरूमा ४,४१० जना लायन सदस्यहरू आवद्ध छन् ।

भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले प्रशासकिय भवन करिब २ करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । सो कार्यका लागि हालसम्म करिब ४५ लाख रुपैयाँ संकलन भइसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने विश्वास व्यक्त गर्नुभयो । प्रति लायन सदस्य रु ३,००० का दरले सहयोग संकलन गर्ने निर्णय धेरै अगाडी गरिसकेको जानकारी गराउदै लक्ष्य पूरा गर्न कुनै समस्या नरहेको उहाँको भनाइ थियो ।

इन्जिनियर लायन उमेश ढकालका अनुसार भवनको पहिलो तला कार्यालय प्रयोजनको रुपमा रहनेछ भने दोस्रो तलामा दुईवटा हल रहने गरी नक्सा तयार गरिएको छ । भवन १ कठ्ठा (२० धुर) जग्गामा निर्माण हुनेछ , जसमा १० धुर जग्गा लायनहरूले खरिद गरेका हुन् भने बाँकी १० धुर जग्गा लायन बालगोपाल चुके परिवारले प्रदान गरेको हो ।

संस्थागत सुदृढीकरणमा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएका उक्त भवन निमार्णमा आफुहरुको पनि सहभागिताका लागि प्रमुख अतिथि बुर्लाकोटी र विशिष्ट अतिथि लम्सालले भवन निर्माणका लागि ५५,५५५ रुपैयाँ प्रदान गर्नुभएको थियो ।

भवन सिलान्यास कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनरहरू, लायन तथा लियो सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :