spot_img

Thursday, November 13, 2025

चितवनमा लायन्स क्लबद्वारा बृहत् रक्तदान / स्वेच्छिक रूपमा ३०७ जनाले गरे रक्तदान

कार्तिक १४,भरतपुर। लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ आर, क्लस्टर नं. ३ को आयोजनामा तथा होटल व्यवसायी संघ चितवनको सहकार्यमा आज शुक्रबार चौविस कोठी चोक भरतपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानवताको सेवा र सामाजिक उत्तरदायित्वप्रति समर्पित “रक्तदान–जीवनदान” अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रममा ३०७ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन । मेडिकल सिटी का रूपमा परिचित चितवनमा रगतको अभाव निरन्तर देखिँदै आएको अवस्थालाई मध्यनजर गर्दै यस कार्यक्रम आयोजना गरिएको हो ।

रगतको अभावमा देशका विभिन्न स्थानबाट उपचारका लागि चितवन आउने बिरामीहरूले रगत नपाएर उपचारमा समस्या भोग्दै आएका छन् । यस्तो संवेदनशील अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले बताउनुभयो । यस्ता कार्यक्रमले भरतपुर आसपासका अस्पतालहरूमा रगतको आपूर्तिमा सहयोग पुग्ने वहाँको बिश्वास छ ।

डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटा प्रमुख अतिथिको रहनुभएको कार्यक्रमको सभापतित्व क्लस्टर नं. ३ का चिफ लायन अजामिन ढकालले गर्नुभएको थियो । सो कार्यक्रमका प्रथम भाइस डिष्ट्रिक गर्भनर लायन प्रभाकर पण्डित, द्वितीय भाइस डिष्ट्रिक गर्भनर लायन दिपेन्द्रप्रसाद खतिवडा, पूर्व डिष्ट्रिक गर्भनरहरू, साथै लायन्स तथा लियो सदस्यहरू, सामाजिक व्यक्तित्वहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन नवराज सापकोटाले आफ्नो मन्तव्यमा मानवताको आवश्यकता पर्ने ठाँउमा यस्ता गर्विला र अर्थपूर्ण कार्यक्रमहरूले संस्थाको गौरव बढाउने बताउँदै, आगामी दिनमा पनि यस्ता सेवा–मूलक कार्यहरू निरन्तर सञ्चालन गर्न सबै लायन र लियो सदस्यहरूलाई आह्वान गर्नुभयो। उहाँले लायन्स क्लबका हरेक क्रियाकलाप समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो ।

लायन्स क्लब अन्तर्राष्ट्रियले विगतदेखि नै शिक्षा, स्वास्थ्य, अन्धोपन निवारण, मधुमेह सचेतना, वातावरण संरक्षण, भोकमरी निवारण, स्वास्थ्य शिविर, विपद् व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर र सक्रिय योगदान गर्दै आईरहेको छ । यस्ता बृहत् रक्तदान कार्यक्रममा भएको उल्लेखनीय सहभागिताले चितवनमा स्वेच्छिक रक्तदानप्रति जनचेतना र सामाजिक उत्तरदायित्वबोध बढ्दै गएको लायनहरुले बिश्वास लिएका छन ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :