spot_img

Monday, June 15, 2026

१३ वर्षीय सुबिन सापकोटाको जीवनरक्षाका लागि अपिल

गैंडाकोट । गैंडाकोट-२ निवासी सुरेश सापकोटा र बिनु सापकोटाका १३ वर्षीय छोरा सुबिन सापकोटा बोन क्यान्सर -Bone Cancer_ बाट पीडित भएका छन्। गैंडाकोटस्थित बालविकास इङ्लिस स्कुलमा कक्षा ७ मा अध्ययनरत सुबिनको हाल भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।

चिकित्सकका अनुसार सुबिनको थप उपचारका लागि भारत, नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा लैजानुपर्ने भएको छ। उपचार खर्च अत्यधिक हुने भएकाले परिवार आर्थिक संकटमा परेको र सहयोगका लागि अपिल गरिएको परिवारले जनाएको छ।

सुबिनकी आमा बिनु सापकोटाले छोराको उपचारका लागि सक्दो प्रयास गरेको तर अब भारत उपचारका लागि लैजानुपर्ने भएकाले आर्थिक सहयोग अत्यावश्यक भएको बताउँदै सबैसँग सहयोगका लागि आग्रह गर्नुभएको छ ।

इच्छुक सहयोगीहरूले पीडित बालक सुबिन सापकोटाको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा वा सोही बैंकको क्युआर कोड प्रयोग गरी सहयोग रकम जम्मा गर्न सक्नेछन्। थप जानकारी वा प्रत्यक्ष सम्पर्कका लागि सुबिनकी आमा बिनु सापकोटालाई ९८६६३७९५४२ मा सम्पर्क गर्न सकिनेछ। सुबिनको उपचारका लागि जुट्ने प्रत्येक सहयोगले उनको जीवनमा नयाँ आशा जगाउने परिवारको विश्वास छ।

“सुबिनको मुस्कान फर्काउन हामी सबैको सानो योगदान ठूलो सहारा बन्न सक्छ। सहयोग गरौं, जीवन बचाऔं।”

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :