single head

युवाहरूको आवाज सुन्नु हाम्रो कर्तव्य हो -नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा

single post top 1

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २३ र २४ गतेका घटनाले मुलुकलाई ठुलो क्षति पुर्‍याएको बताउनुभयो।

single p1

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई मङ्गलबार सानेपास्थित बिपी स्मृति भवनमा सम्बोधन गर्दै सभापति देउवाले “हामी आज तोडफोड, लुटपाट र आगजनीपछि खरानी बनेको कार्यालयमा बैठक गरिरहेका छौं। यो दृश्यले हामी सबैलाई स्तब्ध बनाएको छ।”

single p2

सभापति देउवाले ती घटनामा परी ज्यान गुमाउनुभएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले भन्नुभयो, “भदौ २३ गते जेनजी आन्दोलनका क्रममा घुसपैठ भई प्रदर्शन हिंसात्मक बनेको र निर्दोष युवाहरूको ज्यान गएको घटनाले मलाई अत्यन्त मर्माहत बनाएको छ।” उहाँले भदौ २४ गतेका घटनामा राष्ट्रपति भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय, अख्तियार, स्थानीय तह र राजनीतिक दलका कार्यालयमाथि भएको आक्रमणलाई नेपालको इतिहासकै भयावह घटना भएको बताउनुभयो।उहाँका अनुसार, कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालय र करिब १२५ जना नेताहरूका निजी घर र कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो।

उहाँले भन्नुभयो, “प्रजातान्त्रिक आन्दोलनका प्रतीक गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र कोइराला परिवारको ऐतिहासिक निवाससमेत जलाइएका छन्। यस्तो घटनाले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ।” सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। उहाँले भन्नुभयो, “यो आकस्मिक होइन, सुनियोजित हमला हो। यसको निष्पक्ष अनुसन्धान गर्नु पर्छ।”

सभापति देउवाले जेनजी आन्दोलनका जायज मागहरूप्रति समर्थन जनाउँदै भन्नुभयो, “देशमा सुशासन, भ्रष्टाचारमुक्त वातावरण र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनु पर्छ। युवाहरूको आवाज सुन्नु हाम्रो कर्तव्य हो।” तर उहाँले हिंसात्मक विधिबाट देशलाई अस्थिर बनाउन खोज्ने तत्वमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3