गैडाकोट (नबिनSसुबेदी। हरितालिका तिज पर्वको अवसर पारि बजारमा धेरै तिज गित आएका थिए । गित धेरे आए पनि चर्चा भने थोरैले कमाएका छन् । यो समाचार तयार पार्दा सम्म बजारमा आएका तिज गित मध्ये यो बर्ष सर्वाधिक चर्चा कमाएको “म त नराउरी’ बोलको गित रहेको छ । विष्णु माझीको स्वर रहेको ‘म त नराउरी’ बोलको गीत यसवर्षको सर्वाधिक हेरिने तीज गीत बनेको छ। १३ दिनअघि सार्वजनिक यस गीतले अहिलेसम्म युट्युवमा ८३ लाख भ्युज पाएको छ। सुन्दरमणि अधिकारीकोे लय तथा शब्दमा रहेको यस गीतले अरु वर्षजस्तो खासै चर्चा नपाए पनि छोटो समयमा लोभलाग्दो भ्युज भने पाएको हो।
त्यस्तै यो वर्ष दोस्रो स्थानमा परेको छ “तिजका गित कस्ता हुन्छन् सुन”…। लक्ष्मि मल्लको स्वरमा रहेको “तिजका गित कस्ता हुन्छन् सुन” बोलको गीतले अहिलेसम्म युट्युवमा ७७ लाख भ्युज पाएको छ। यो गितमा श्रीकृष्ण बम मल्लको लय तथा शब्द रहेको छ ।
। त्यस्तै तेस्रो स्थानमा परेको छ कोशेढु·ा फिलीमको “नत्र भने जिन्दगी व्यर्थ छ” जसमा समिक्षा अधिकारी र खेम सेञ्चुरिको आवाज रहेको छ । गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने संगीत खेम सेञ्चुरिको रहेको छ । अहिलेसम्म “नत्र भने जिन्दगी व्यर्थ छ” गितलाई युट्युवमा ७५ लाख चोटि हेरिएको छ ।
त्यस्तै बिस्तारै उकालो लाउने क्रममा चौथो स्थानमा रहेको छ एलिना चौहानको तीज गीत छोरीको शिरआमा । एलिना चौहानको स्वरमा रहेको गीतलाई युट्युबमा ६३ लाख पटक हेरिएको छ । प्रेम सापकोटा सोनुको शब्द तथा लयमा रहेको यस गितले तीजको अवसरमा राम्रै चर्चा कमाएको छ।
तेस्तै पाचौ स्थानमा एलिना चौहान, समिक्षा अधिकारी र मेलिना मैनालीको स्वरमा रहेको गीत “ पृथ्वी छोडेर” रहेको छ । जुन गितलाई युट्युबमा ३९ लाख पटक हेरिएको छ । गीतमा डिपी खनालको शब्द रहेको छ भने संगीत दिपक शर्माको रहेको छ ।
यो वर्षमा तीजका गीतहरू धेरै बजारमा आएपनि सबै चल्न सकेनन । सिमित हातका औंलामा गन्न सकिने गीतले मात्रै आफ्नो चर्चा सँगै लगानि उठाउन सफल भएका छन ।





