spot_img

Monday, March 9, 2026

लोक दोहोरी प्रतिष्ठान नवलपुर द्वारा विविध सांस्कृतिक कार्यक्रम गर्दै / प्रवेश निशुल्क रहेको अध्यक्ष घिमिरेले भनाइ

गैंडाकोट (नबिन सुबेदी)।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति नवलपुरद्वारा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। हाम्रो अभियान लोक संस्कृतिको संरक्षण राष्ट्रको सम्मान नवप्रतिभाको प्रोत्साहन भन्ने मूल नाराका साथ यही श्रावण १७ गते शनिबार राष्ट्रिय कलाकारहरु सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गौरवशाली परियोजना निर्माणधीन आमाघर तथा लोक सांस्कृतिक संग्रहालयको अवलोकन, संस्थागत भेटघाट कार्यक्रमको आयोजना गरेको अध्यक्ष बुद्धिनाथ घिमिरेले बताउनुभयो ।  चर्चित राष्ट्रिय लोक तथा दोहोरी  गायक, गायिका तथा नायक ,नायिकाहरूको  बेजोड प्रस्तुति सहित बृहत सांगीतिक कार्यक्रम पनि  हुने अध्यक्ष घिमिरेले बताउनुभयो।  सांस्कृतिक कार्यक्रमको लागि प्रवेश निशुल्क रहेको पनि घिमिरेले जानकारी गराउनुभयो ।

यही श्रावण १७ गते शनिबार बिहान १० बजेबाट सुरु हुने सांस्कृतिक कार्यक्रमको लागि सम्पूर्ण लोक संगीत प्रेमी व्यक्तिहरु तथा शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले अनुरोध समेत  गरेको छ।

यसैबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा हुन गइरहेको विविध सांस्कृतिक कार्यक्रम २०८२ को  सम्बन्धमा आवश्यक जानकारी दिन तथा कार्यक्रमको संक्षिप्त प्रस्तुतिको लागि यहि साउन १५ गते साझ ४ बजे ,निर्माणधीन आमाघर तथा लोक सांस्कृतिक संग्रहालय नजिक पत्रकार सम्मेलनको आयोजना गरिएको  प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरेले जानकारी दिनुभयो। 

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :