spot_img

Wednesday, July 9, 2025

विजय सामुदायिक शिक्षा सदनमा किशोरी आराम कक्ष /संस्थागत विद्यालयतर्फ प्रथम भएकोमा बधाई -उपप्रमुख कोइराला

गैडाकोट (नबिनSसुबेदी)। नवलपरासी पूर्व गैडाकोटको विजय सामुदायिक शिक्षा सदनले किशोरी आराम कक्ष बनाएको छ । बुधबार बिद्यालयमा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्र्थीहरूलाई बधाई दिदै सम्मान समेत गरेको छ । विद्यालयले किशोरी आराम कक्षको पनि समुद्घाटन गरेको छ ।
किशोरी आराम कक्षको उद्घाटन गर्दै नगर उप्रमुख शान्ति कोइरालाले विद्यालय उमेरका किशोरीहरुको सहजता लागि किशोरी आराम कक्ष फलदायी हुने बताउनुभएको छ । उपप्रमुख कोइरालाले विजय सामुदायिक शिक्षा सदनले किशोरी आराम कक्षको थालनी गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो । गैँडाकोट आधारभूत अस्पतालमा पनि अब छिट्टै किशोरी आराम कक्ष निर्माणका लागि पहल गरिने उपप्रमुख कोइरालाले बताउनु भयो । कोइरालाले शिक्षक त्यो हो जसले पाठ्यपुस्तक मात्र पढाउँछ, गुरु त्यो हो जसले सारा जीवन पढाउँछ। तर यहाँ शिक्षक भन्दा नि गुरु भएर निस्किनुभयो र विद्यार्र्थीलाई राम्रो शिक्षा दिनुभएको छ भन्नुभयो । उपप्रमुख कोइरालाले भन्नुभयो “यहाँका गुरुहरू, अभिभावक, विद्यार्र्थीको अथक प्रयासले यो नतिजा हात पर्न सफल भएको छ।संस्थागत विद्यालयतर्फ प्रथम हुन सफल भएकोमा बधाई पनि दिन चाहन्छु ।”


गैँडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले स्थापना कालदेखि समुदायको उत्तरदायित्व बहन गदै शैक्षिक गुणस्तरलाई अगाडि बढाउनुपर्छ भनेर लगातार राम्रो नतिजा ल्याउन सफल भएको बताउनुभयो । अध्यक्ष सापकोटाले विद्यालयले विद्यार्र्थीको हकहितका लागि भनेर सधैँ खटिरहेको छ र त्यसको परिणाम स्वरुप राम्रो नतिजा आएको बताउनुभयो ।

गैडाकोट आधारभूत अस्पतालका मेडिकल अधिकृत आशिष तिवारीले यो अवस्थामा मानसिक विकास, भौतिक विकास लगायत मनोसामाजिक विकास हुने उमेर भएको बताउनुभयो । तिवारीले अहिलेसम्म हामि बालबालिका थियौँ अब हामीलाई सोसल मिडियाले प्रभाव पार्छ। आफैं केही गरौँ भन्ने सोच, कौतुलता हुन थाल्छ। तेही उमेरमा छौँ हामी भन्नुभयो । उहाँले यो उमेरमा नभड्किएर, गलत सामग्रीको पछाडि नलागेर आफ्नो भविष्यको बारेमा सोचेर परिवारको बारेमा सोचेर आफ्नो भविष्य उज्ज्वल गराउनु पर्नेे बताउनुभयो।


विद्यालय सञ्चालक समितिका अध्यक्ष गोपीनाथ खरेलले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीको मेहनतबाट ठुलो सफलता हात पार्न सफल भएको बताउनुभयो। अध्यक्ष खरेलले भन्नुभयो “हामीले नेता लिदैनौ,नेतृत्व लिन्छौ। समाजलाई कता डोराउने भनेर हामी किताबी शिक्षा मात्र होइन व्यवहारिक शिक्षा दिन्छौं। समाजमा कसरी भिज्ने भन्ने पनि हामी सिकाउँछौं।” खरेलले मेडिकल, इन्जिनियरिङ, होस अथवा वैज्ञानिक, म्यानेजमेन्ट जहाँ पनि एउटा नेतृत्व दिन सक्ने, विश्वमा कम्पिटिसन गर्न सक्ने असल विद्यार्र्थी उत्पादन गर्छौं र धेरै सेक्टरमा हाम्रा विद्यार्र्थीहरु काम गरिरहनुभएको बताउनुभयो । किशोरीलाई चाहिने सेनेटरि प्याड लगायतका सबै समान आराम कक्षमा सहज उपलब्ध हुने अध्यक्ष खरेलले बताउनुभएको छ । विद्यालयमै आराम कक्ष सञ्चालनमा आउँदा किशोरीहरुले भोग्नुपर्ने शारिरीक समस्या तथा मनोवैज्ञानिक समस्या समाधानमा सहजता मिल्ने अध्यक्ष खरेलले बताउनुभयो ।

विद्यालयमा किशोरी आराम कक्ष नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्ने हुँदा किशोरीलाई महिनाबारी लगायत तत्काल स्वास्थ्यमा समस्या देखिएमा आराम गर्नको लागि कक्ष संचालनमा ल्याइएको प्रधानाध्यापक चक्रधर पौडेलले बताउनुभएको छ ।

किशोरावस्थामा महिनावारी मात्रै नभएर शारीरिक परिवर्तन, मानसिक तनाव लगायत अन्य खालका समस्या पनि हुने गरेकाले विद्यालयमै आराम कक्ष संचालनमा आएपछि सहज हुने छात्रा विद्यार्थीहरुको विश्वास रहेको छ ।

कार्यक्रममा गैडाकोट वडा नम्बर ५ का वडा सदस्य तथा अभिभावक, उशा परियार , बिद्र्यार्थी जस्मि रेग्मीले आफ्नो मन्तब्य राख्नु भएको थियो । विजय सामुदायिक शिक्षा सहकारिका अध्यक्ष परमेश आचार्य , पूर्व अध्यक्ष माधब प्रसाद पौडेल,टिकाराम कडेल , बिद्यालय सञ्चालक समिति सदस्य , गैडाकोट आधारभूत अस्पतालका नसिंङ ईन्चार्ज सीता रिजाल , शिक्षक ,अभिभावक , बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण शिक्षक रञ्जना लामिछानेले गर्नु भएको थियो।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार