spot_img

Wednesday, July 9, 2025

गैँडाकोट वडा नम्बर ५ को एक महिने बाद्यवादन प्रशिक्षण कार्यक्रम सकियो

गैँडाकोट । नवलपरासी पूर्व गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले महिलाहरूको क्षमता अभिवृद्धिका लागि एक महिने बाद्यवादन प्रशिक्षण कार्यक्रम गरेको छ । एक महिनाको अवधिमा  ९० जना महिलाहरूले मादल बजाउन सिकेका थिए । तालिमका लागि वडा कार्यालयले ७० हजार भन्दा बढी लगानी गरेको छ ।

शुक्रबार बाद्यवादन प्रशिक्षण कार्यक्रमको समापन गरेको छ । प्रशिक्षण अवधिभर सहभागीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा प्रयोग हुने परम्परागत वाद्य यन्त्रहरूको ज्ञान र प्रयोगात्मक सीप सिकेका थिए ।

वडाध्यक्ष रत्नप्रसाद सापकोटाले महिलाहरूको सशक्तीकरण र सांस्कृतिक सीप संरक्षणका लागि यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी हुने बताउँदै वडाले आगामी दिनमा थप व्यावसायिक तालिमहरू सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सहभागीहरूको प्रगति सन्तोषजनक रहेको बताउँदै सहभागी महिलाहरूको यो अवसरले आफ्नो आत्मविश्वास अभिवृद्धि गरेको नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले बताउनुभएको छ ।
तालिममा लेखनाथ न्यौपाने र रामबहादुर थापाले प्रशिक्षण दिएका थिए ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार