spot_img

Thursday, June 12, 2025

अत्याधिक गर्मी बढेपछि गैंडाकोट नगरपालिकाका विद्यालयहरुमा गर्मी बिदा

जेठ २७ गैंडाकोट। अत्याधिक गर्मी बढेपछि गैंडाकोट नगरपालिकाले गैंडाकोटका विद्यालयहरुमा गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाको पठनपाठनमा समेत समस्या भएको भन्दै नगरले भोलि बुधबार २८ गते देखि जेठ ३० गते शुक्रबार सम्म विद्यालयलाई बिदा दिएको हो । वर्षे बिदाबाट समायोजन हुनेगरी विद्यालयहरुमा गर्मी बिदा दिइएको नगर प्रमुख मदनभक्त अधिकारीले  जानकारी दिनुभयो  ।

बिदाको अवधीमा बालबालिकालाई चर्को घाममा हिँड्न नदिन, नदीरपोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता गतिविधि गर्न नदिन एवम् आवश्यक सावधानी अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार