spot_img

Thursday, June 12, 2025

सूर्यपुर चौथो पेन्गुईन भरतपुर २४ गोल्डकपको सेमिफाइनल प्रवेश

 जेठ २७ भरतपुर । सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) सम्पन्न पहिलो चरणको अन्तिम खेलमा मकवानपुर ११ लाई हराउँदै सूर्यपुरले सेमिफाइलमा स्थान बनाएको हो ।

सिद्धार्थ माविको मैदानमा भएको खेलमा सूर्यपुरलाई जिताउन पासाङ लामा र राम थापाले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै लक्षु थापाको सेटअपमा पासाङले गोल गर्दै सूर्यपुरलाई अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा रामले गोल गर्दै सूर्यपुरको जित निश्चित गरे । उनले चन्दन दासको सेटअपमा सुन्दर गोल गरेपछि सूर्यपुर २-० ले विजयी भयो । सूर्यपुरका पासाङ प्लेयर अफ दि म्याच भए । सूर्यपुरले अब फाइनल प्रवेशका लागि २९ गते दोस्रो सेमिफाइनलमा जनशक्ति युवा क्लब नवलपरासीको सामना गर्नेछ । जनशक्ति यस अघि नै साविक विजेता स्टार स्पोर्टस क्लब माडीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

त्यसअघि प्रतियोगितामा बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा हानामी भरतपुर फुटबल क्लब बिएफसी र प्याराडाइज युथ क्लब रत्ननगर भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । बिएफसी भरतपुर २४ खेलकुद बिकास समिति तथा प्याराडाइज रामपुर एफसीलाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।

प्रतियोगिताको फाइनल खेल ३१ गते शनिबार हुनेछ । भरतपुर – २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार