गैंडाकोट । गैंडाकोटमा भगवान शिवको कलात्मक मुर्ति सहित पानीको फोहरा निर्माणको लागि सिलान्यास गरिएको छ । हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम गैंडाकोट -७ शीतलनगर गैरीमा कलात्मक भगवान शिवको मुर्ति सहित पानीको फोहरा निर्माणको लागि सिलान्यास गरिएको छ । स्वर्गीय रणबहादुर थापाको स्मृतिमा उहाँका छोरी लक्ष्मी थापा र ज्वाईं सुजन कार्कीले निर्माण गर्ने संकल्प गर्दै वैदिक विधि अनुसार मंगलबार शिलान्यास गरिएको हो ।
नेपालकै ठूलो परमेश्वर महाशिवलिङ्ग र नर्मदेश्वर नदीका १०८ शिवलिङ्ग स्थापित हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रमलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न मन्दिरले गुरु योजना बनाएर अघि बढ्न लागेको मन्दिरका सह सचिव भानु सापकोटाले जानकारी दिनुभयो । धार्मिक सामाजिक जागरण र एकताको लागि हरिहर मन्दिर गैंडाकोट -७ शीतलनगर गैरीमा हरेक हप्ताको सोमबार विभिन्न धार्मिक संघसंस्था एवं कलाकारहरुको सहभागितामा भजन कृतन सहित सामूहिक सन्ध्याआरती हुँदै आइरहेको छ ।