spot_img

Thursday, June 12, 2025

लोकप्रिय सर्जक कस्तुप पन्तकोे नयाँ लोक दोहोरी गीत तिम्रै माया लाउंछनी सार्वजनिक

गैंडाकोट । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि अनवरत यात्रा गरिरहनु भएका लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तकोे नयाँ लोक दोहोरी गीत “तिम्रै माया लाउंछनी “सार्वजनिक भएको छ ।
सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक–श्रोताको मन जित्न सफल भएको छ । आधुनिक र लोक विधामा कलम चलाउन सफल पन्तको यसपटकको गीतले दर्शकलाई छमछमी नचाएको छ ।
सर्जक कस्तुप पन्तको लय तथा शब्द सिर्जनामा तयार भएको गीतमा गायक राजु परियार र गायिका सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ ।
गितलाई कृष्ण केसीले संगित संयोजन गर्नु भएको छ । दर्शकको मन मुटुमा बस्न सफल सर्जक कस्तुप पन्तकै आफ्नै अफिसियल युट्युव च्यानल मार्फत गित बजारमा आएको हो । दिप गुरुङको निर्देशन रहेको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र चाहना राना मगरको नृत्य र अभिनयले सबैको मन छोएको छ ।
सर्जक पन्तका सिर्जनाहरु फूलको थुंगामा , के भनौं र खोइ , तस्बिरै झलल , बिर्सियौकि कुन्नि , गंगाजीको पानी , मायाले मन छुन्छ लगायत दर्जनौं सफल गीतहरुमा आवाज दिएका लोकप्रीय गायक राजु परियारले १६ बर्ष पछि फेरि सर्जक पन्तको नयाँ लोक दोहोरी गीत तिम्रै माया लाउंछनीमा आवाज दिनुभएको हो ।
तिम्रै माया लाउंछनी बोलको गीतले मायाप्रेमको विषयवस्तुलाइ झल्काएको सर्जक कस्तुप पन्तले जानकारि दिनुभयो ।फास्टखबर अनलाईनको तर्फ बाट गितको सफलताको शुभकामना ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार