spot_img

Thursday, June 12, 2025

गैंडाकोटमा १४ वर्षमुनिका छात्रहरूको फुटबल प्रतियोगिता शुरु

जेठ १५, गैंडाकोट । गैंडाकोटमा १४ वर्षमुनिका छात्रहरूको फुटबल प्रतियोगिता शुरु भएको छ ।
स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेलकुद ,राष्ट्रिय गरिमा तथा सामाजिक रूपान्तरका लागि खेलकुद भन्ने मूल नाराका साथ गैडाकोट खेलकुद समितिको आयोजनामा बिहिबार गैडाकोट क्षेत्रीय रङ्गशाला ३,४र८ मा १७ अौ गणतन्त्र दिवसको अवसर पारेर १४ वर्ष मुनिका छात्रहरूको फुटबल प्रतियोगिता शुरु भएको हो।

प्रतियोगितामा आज १५ वटा खेल सम्पन्न भएका छन्। खेललाई १५ मिनेटमा खेलाइएको छ ।
प्रतियोगितामा चितवन तथा नवलपुरका विद्यालय र टोल विकास संस्था गरी ३२ समूहको सहभागिता रहेको छ। प्रतियोगितामा विजयी समूहले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गैडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले भन्नुभयो गणतन्त्र दिवसको अवसरमा फुटबल प्रतियोगितामा यहाँहरूसँगै हुन पाउँदा अत्यन्तै खुशी लागेकाे छ। अध्यक्ष भट्टचनले बाबु नानीहरू हाम्रो देशको भविष्य हुन, पढाइ मात्र होइन, खेलले हामीलाई अनुशासन, मेहनत, टीमवर्क र इमान्दारी सिकाउँछ जुन जीवनमा सफल हुनका लागि अत्यन्तै जरूरी रहेकाे बताउनु भयो ।

कार्यक्रममा समितिका अध्यक्ष लक्ष्मण कार्कीले खेलकुद केवल शारीरिक क्रियाकलाप मात्र होइन, यो व्यक्तित्व विकास, अनुशासन, नेतृत्व र राष्ट्रिय गौरवको माध्यम पनि भएको बताउनुभयो। अध्यक्ष कार्कीले हाम्रो समितिले खेलकुदको विकासका लागि विगत केही वर्षदेखि विद्यालयस्तर देखि समुदायस्तर सम्म विभिन्न कार्यक्रम गर्दै आइरहेको छ प्रतियोगिताको उद्देश्य पनि यही हो नानी बाबुहरूलाई फुटबलप्रति आकर्षित गर्नु, उनीहरूको क्षमता पहिचान गर्नु र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने बताउनु भयो ।

प्रतियोगितामा सहआयोजकको रूपमा फुटबल प्रशिक्षक टिम गैंडाकोट रहेको छ। प्रतियोगिताको संयोजक फुटबल प्रशिक्षक सुवास तामाङ रहनुभएको छ।
कार्यक्रममा गैंडाकोट खेलकुद समितिका पदाधिकारी, खेलकुद प्रेमी व्यक्तित्व, विद्यालयका शिक्षक, जनप्रतिनिधि, समाजसेवी व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो।

उज्ज्वल टोल विकास संस्थाका अध्यक्ष दुर्गा रानाले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण एन्फाकोच प्रशान्त रेग्मीले गर्नुभएको छ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार