spot_img

Monday, May 19, 2025

सात दिने दुध र दुग्धजन्य पदार्थ विविधिकरण तालिम समापन

जेठ ५, भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को आयोजनामा गत बैसाख ३० गते देखि संचालित सात दिने दुध तथा दुग्धजन्य पदार्थ विविधिकरण तालिमको समापन भएको छ ।

युवा परिषद् वागमती प्रदेशको आर्थिक सहयोगमा संचालित उक्त तालिमको समापन कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेको अध्यक्षता सम्पन्न भएको थियो ।
कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघ लि.का उपाध्यक्ष भागीरथ तिमल्सेना प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सेनाले किसानको समृद्धि विना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने वताउँदै किसानका समस्या समाधानमा राज्यले ध्यान दिनुपर्ने वताउनु भयो । आफु ४० वर्ष देखि दुग्ध उत्पादन पेशामा आवद्ध रहेको र दुधजन्य पदार्थ विविधिकरणकौ विषयमा आफुले लामो समयदेखि आवाज उठाउँदै आएको वताउँदै तिमिल्सेनाले आम उपभोक्तालाई दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिन आग्रह गर्नु भयो । दुध उत्पादन भएको छोटो समयमा नै व्यवस्थापन गरिसक्नुपर्ने चुनौतीपुर्ण व्यवसाय भएकौ वताउँदै उहाँले यो व्यवसायमा अवसर पनि रहेको वताउनु भयो ।

कार्यक्रममा बोल्दै भरतपुर ६ का सदस्य एवं भरतपुर महानगरपालिका कार्यपालिका सदस्य शारदा पोखरेलले दुध र दुग्धजन्य पदार्थ विविधिकरणमा वडा कार्यालय र भतरपुर महानगर आवश्यक सहयोग गर्न तयार रहेको वताउनु भयो । यसैगरी हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. केशव शाहले तालिम पश्चात व्यवहारमा देखा पर्ने प्रभावले तालिमको औचित्य सावित हुने वताउँदै तालिमका सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले किसानलाई आत्मनिर्भर बनाउन सकेमात्रै देशको अर्थतन्त्र बलियो हुने वताउनु भयो ।

किसान विना कृषिमा आत्मनिर्भर कल्पना गर्न नसकिने वताउँदै उहाँले कृषिलाई सम्मानित पेशाको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । तालिममा २५ जना प्रशिक्षार्थीको सहभागि रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का व्यवस्थापक जनार्दन पौडेलले जानकारी दिनुभयो । उक्त तालिमको प्रशिक्षकमा तेजनाथ ढकाल रहनु भएको थियो । कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का सचिव कल्याण अधिकारीले संचालन गर्नु भएको थियो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार