वैशाख २७ .गैँडाकोट । गैँडाकोटमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शनिबार गैँडाकोट नगरपालिका वाड नं. १० र ११ को संयुक्त कार्यालय भवन भेडाबारीमा एक दिने शिविर भएको हो । गैडाकोट नगरपालिका आयुर्वेद शाखाको आयोजनामा भएको शिबिरमा कुल २९० जनाले सेवा लिएका छन् ।
गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारिले शिविरको उद्घाटन गर्दै भन्नुभयो आयुर्वेद औषधीले कुनै हानी नगर्ने भएकोले आयुर्वेद औषधी नै प्रयोग गर्दै निरोगी रहनका लागि नियमित स्वास्थ्य जाँच र आयुर्वेद औषधी सेवन गर्न सकिन्छ . .
यस्तै शिविरमा अम्लपित्त, कब्जियत, पेटसम्बन्धि रोगहरु, पाइल्स, पिस्टुला, फिसर, बाथ सम्बन्धी रोगहरु, पिनास, रुघाखोकी, स्त्री रोग सम्बन्धि रोगहरु, पिशाब सम्बन्धि रोगहरु, छाला सम्बन्धि समस्या भएका नगरबासिलाई सेवा प्रदान गरिएको थियो ।
शिविरमा आयुर्वेद बिशेषज्ञ डा चन्द्रकान्त ज्ञवालिको नेतृत्वमा आयुर्वेदीक चिकित्सकीय टोली खटिएको थियो । गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारिले उद्घघाटन गरेको शिविरकोे अध्यक्षता वडानम्बर ११ का वडाध्यक्ष गोविन्द प्रसाद सुवेदीले गर्नुभएको थियो । शिबिरमा वडानम्बर १० का वडाध्यक्ष देबिदत्त कडेलको उपस्थिती रहेको थियो । शिबिरमा स्वागत मन्तब्य वडानम्बर ११ का वडासदस्य गुरु प्रसाद पौडेलले गर्नुभएको थियो भने सहजिकरण, गैडाकोट नगरपालिका आयुर्वेद शाखा वरिष्ठ कविराज निरिक्षक विष्णु प्रसाद पौडेलले गर्नुभएको थियो ।