वैशाख ५ काठमाडौँ । सुनको मूल्य आज घटेको छ।
आज सुन प्रतितोला आठसय रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला रू. एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा रू ८०० ले घटेर रू. एक लाख ८९ हजार ६०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन्।
कमेन्ट :