चैत २९ ,चितवन । चितवनमा आजबाट १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।
सो क्रममा बोल्दै मेयर दाहालले चितवन खेलकुदको हब भन्दै गएको बताईन् । उनले भरतपुरले खेलकुदमा लगानी गरिरहेको पनि बताईन्। उद्घाटनको दिन आज एथ्लेटिक्स बाहेकका खेलहरु सम्पन्न भएका छन्। आज कराते, तेक्वान्दो र भलिवलका खेलहरु भएका छन् ।
समितिका अध्यक्ष राजन कार्कीका अनुसार प्रतियोगिताको खेलहरु भरतपुर कभर्डहल र बिशालचोक स्थित विरेन्द्र बहुमुखी क्याम्पसमा डिग्री कलेज मैदानमा आयोजना गरिएको छ । प्रतियोगतामा चितवनका ४ पालिकाबाट पाँच सय खेलाडीहरु सहभागी छन् ।
भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकाबाट खेलाडीहरु सहभागी छन् । चितवनका तीन पालिका भने यस पटक सहभागी छैनन् । कालिका, राप्ती र खैरहनी नगरपालिकाले भने सहभागिता जनाएको छैन ।