spot_img

Friday, April 18, 2025

फेन्सी ब्यवसायी संघ चितवनले ‘ फेन्सी नव वर्ष उत्सव २०८२ ’ गर्ने

चैत २९ चितवन (नबिनsसुबेदी)। नयाँ वर्ष २०८२ को अवसर पारेर फेन्सी ब्यवसायी संघ चितवनले शुभकामना साँझ गर्ने भएको छ ।

ब्यवसायीको हक हितमा समर्पित संघले मनोरञ्जनको लागि ‘ फेन्सी नव वर्ष उत्सव २०८२ ’ नाम दिएर कार्यक्रमको  आयोजना गर्न लागेको  हो । कार्यक्रम चैत्र ३१ गते साँझ भरतपुरको सिएमटी होटलमा आयोजना गरिएको छ ।

कार्यक्रममा मुख्य आकर्षणका रुपमा चर्चित गायक सुगम पोखरेल र उनको ब्याण्ड सहित सांगेतिक कार्यक्रम रहने छ भने   साथमा चर्चित गायिका शान्तारानी परियार र चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुती रहनेछ । त्यस्तै हाँस्य कलाकार प्रलाद बर्तौला लगायत स्थानीय कलाकारहरुको समेत वृहत प्रस्तुती रहने कार्यक्रम संयोजक बिपिन अर्यालले जानकारी दिनुभएको छ ।

संधै ब्यवसायीको रुपमा खटिएका ब्यवसायीहरु  बीच सदभाव र रमाइलो गराउन पनि  सांगीकि उत्सवको आयोजना गरिएको फेन्सी ब्यवसायीका अध्यक्ष रामप्रसाद पौडेलले बताउनु भयो  ।

कार्यक्रमको भरतपुर महानगरपालकाका उप प्रमुख चित्रशेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रमको तयारी तिब्र पारिएको अध्यक्ष पौडेलले बताउनु भयो  ।

‘ फेन्सी नव वर्ष उत्सव २०८२ कार्यक्रमलाइ भब्य र सब्य रुपमा सफल बनाउन सम्पूर्ण स्थानीय मिडियाहरु ( रेडियो ,टिभी ,अनलाइन र पत्र पत्रिका ) लगायत सामाजिक संजाल मार्फत सम्पूर्णलाई जानकारी दिइएको प्रचार प्रसार संयोजक टंक सापकोटाले फास्ट खबर अनलाईनलाइ जानकारी गराउनु भयो ।

२०४५ सालमा स्थापना भएर २०७३ सालमा विधिवत दर्ता गरिएको संघले पहिलोपल्ट यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । फेन्सी ब्यवसायी संघ चितवन ,उद्योग वाणिज्य संघ चितवनको सबैभन्दा ठुलो वस्तुगत संघ हो । संघले नयाँ बर्ष २०८२ को क्यालेण्डर समेत प्रकाशित गरेको छ ।

उद्योग वाणिज्य संघ चितवन प्रवद्र्धक रहेको उत्सवको इभेन्ट पाट्नर दाताज इभेन्ट, हस्पिटालिटी पाट्नर सिएमटी होटल रहेको छ  । कार्यक्रममा फेन्सी व्यवसायी सदस्य एवं सवै बस्तुगतका व्यवसायी साथै शुभेच्छुकहरुको उपस्थिती रहन फेन्सी व्यवसायी संघ चितवनले आग्रह गरेको छ  ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार