spot_img

Friday, April 18, 2025

गैँडाकोट नगरपालिका वडा नम्बर ८ ले हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम सुरु गर्यो

चैत २८ गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ८ ले १५ दिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम सुरु गरेको छ ।

वडामा रहेका १ सय १० जना बढि सहभागि हुने सो तालिममा हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम दिइने वडाध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । उहाँले घरमा आउने साना साना समस्या आफैले समाधान गर्न सकिने सिप विकासले वडावासीलाई सहज हुने अपेक्षा गरिएको बताउनुभयो । तालिम २ स्थानमा हुने बताउँदै आफ्नो समस्या आफै समाधान गर्ने गरी दक्ष बन्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आफुले तालिम लिएर घरमा मात्र नभइ अन्य स्थानमा पनि काम गरेर आर्थिक रुपमा सबल बन्न सकिने हुनाले ध्यान दिएर सिक्न आग्रह गर्नुभयो । तालिमले सिप विकास र आयआर्जनमा सुधार ल्याउने पनि नगरप्रमुख अधिकारीको भनाई छ ।

तालिम संयोजक एवंम जनप्रतिनिधि कमला आचार्यले सानो काम नजानेर धेरै खर्च भइरहेको समयमा यस तालिमले घरमा पनि उपयोगी हुने र आर्यस्रोतको पनि बाटो बन्ने हुँदा समय र मन दिएर सिक्न आग्रह गर्नुभयो ।

प्रशिक्षकमा दिपक दराई, बलराम सुवेदी, गोबिन्द खनाल, कमल दराई र दया सापकोटा रहनुभएको छ । तालिममा औपचारिक कार्यक्रमको सञ्चालन वडा सचिव रमेश आचार्यले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु खगेश्वर सापकोटा, सुशिला परियार, तर्कबहादुर थापाको उपस्थिती रहेको थियो । तालिममा पब्लिक शाइनिङ्ग टेक्निकल ईन्स्ट्च्यिुटले सहजीकरण गरेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार