spot_img

Thursday, March 13, 2025

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन: ८२ वटामा सर्वसम्मत / अनेरास्ववियु अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पस मध्ये ८२ वटामा सर्वसम्मत निर्विरोध सभापति चुनिएका छन् ।

६२ ओटा आंगिक क्याम्पसमध्ये धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र दाङको महेन्द्र बहुमुखी क्याम्पसमा कांग्रेसनिकट नेविसंघले सभापति जितेका छन् ।
अन्य आंगिक क्याम्पसमध्ये केहीमा विद्यार्थी संगठनले ताला लगाएका कारण निर्वाचन प्रक्रिया अघि बढेको छैन,भने बाँकीमा चैत ५ गते मतदान हुनेछ । त्रिवि विद्यार्थी कल्याणकारी परिषदले आंगिक क्याम्पसबाहेक अन्यत्रको निर्वाचन परिणाम आफूहरुकहाँ नआउने जनाएको छ ।

  • -advertisement-

हालसम्म विद्यार्थी संख्या थोरै भएका साना क्याम्पसहरुमा सम्बन्धित ठाउँमै सहमतिबाट पदाधिकारी चयन भएका छन् । अहिलेसम्म प्राप्त परिणाम अनुसार एमालेनिकट अनेरास्ववियुले एक आंगिकसहित ३२ क्याम्पसको सभापति जितेको छ ।
त्यस्तै नेविसंघले एक आंगिकसहित २८ क्याम्पसमा सभापति जितेको छ । माओवादीनिकट अखिल क्रान्तिकारीले २१ र नेकपा एसनिकट अनेरास्ववियूले एक सभापति जितेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार