spot_img

Wednesday, March 12, 2025

प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

 फागुन २८,काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

सिदार्थ रंगशालामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा एक्स्ट्राटेक ओभल मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लब भीड्नेछन् ।  दुवै खेल केहीबेरमा शुरु हुनेछन् । देउखुरी क्रिकेट रंगशालामा भने आज खेल छैन ।

  • -advertisement-
  • -advertisement-

सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा कर्णाली प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो । त्रिभुवन आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । त्यस्तै कोशी प्रदेशले लुम्बिनी प्रदेश र मधेश प्रदेशसँग हार व्यहोरेको छ भने नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई हराएको छ ।

अंकतालिकामा एपीएफ २ अंकसहित शीर्षस्थानमा छ भने समान अंकसहित मधेश, आर्मी, कर्णाली, पुलिस, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी क्रमशः दोस्रो, तेस्रो,चौथो, पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् । अंकविहीन बागमती र कोशी नवौं र १०औं स्थानमा छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार