spot_img

Sunday, April 19, 2026

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोट द्धारा जेष्ठ नागरिकलाइ गर्यो सम्मान

माघ १७ गैंडाकोट। गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटले जेष्ठ नागरिक सम्मान तथा मित्र मिलन कार्यक्रम गैंडाकोटमा सम्पन्न गरेको छ।

ज्येष्ठ नागरिकले विगतमा गरेको योगदानलाई स्मरण गर्दा आज हामी जहाँ छौँ, त्यसको श्रेय जेष्ठ आमाबुबालाई नै जाने भएकाले जेष्ठ नागरिकको सदैव सम्मान गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि डाक्टर रमेश घिमिरेले बताएका छन् । जेष्ठ नागरिक सम्मान तथा मित्र मिलन कार्यक्रममा आफ्नो समाजभित्र रहेका ८० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा मौलाकालिका अस्पताल भरतपुरमा समाजभित्रका सदस्यहरूलाई सम्पूर्ण उपचारमा २०% छुटको सम्झौता समेत गरिएको थियो। सम्झौता पत्रमा हस्ताक्षर गर्दै अस्पताल सञ्चालक रमेश घिमिरे र समाजका अध्यक्ष गोविन्द घिमिरेले अर्घाखाँची गुल्मी समाजका सदस्यहरूलाई उक्त सम्झौताले उपचारमा सहजता ल्याउने बताए।
कार्यक्रममा अर्घाखाँची तथा गुल्मी थाकथलो भएका भजन गायिका पवित्र पौडेल सापकोटाले लगायतका कलाकारले आफ्नो प्रस्तुति समेत राखेका थिए। समाजका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम समाजमा उपाध्यक्ष विष्णुपन्थीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रम समाजका सचिव ईश्वरीप्रसाद घिमिरेको सहजीकरणमा सम्पन्न भएको थयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :