गैडाकोट । अपाङ्ग संघ गैडाकोटका अध्यक्ष कृष्ण सुवेदीले इलेक्ट्रिक ह्विलचेएर प्राप्त गर्नु भएको छ । बुधबार गैंडाकोट नगरपालिकाको प्राङ्गणमा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सुवेदीलाई चापी हस्तान्तरण गरेर ह्विलचेएर प्रदान गर्नु भएको हो ।
ह्विलचेएर प्रदान गर्दै नगरप्रमुख अधिकारीले अहिलेलाई हेर्दा यो ह्विलचेएर कृष्णलाई सुहाउँदो बनाइएकोले राम्रो रहेको छ, पछिको कुरा पछि नै थाहा हुने बताउनुभयो। नगरप्रमुख अधिकारीले ह्विलचेएर उद्यमशील कृष्ण सुवेदीका लागि दैनिक जीवन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाले अहिलेलाई यो एउटा मात्र ह्विलचेएर प्रदान गरिएको छ यसको नतिजा कस्तो आउछ तेस पछि जो जसलाई आवश्यकता पर्छ उनीहरुलाई पनि प्रदान गरिने बताउनुभयो ।
इलेक्ट्रिक ह्विलचेयर प्राप्त गरेपछि कृष्ण सुवेदीले खुशी हुदै आफ्नौ दैनिक जीवनलाई सहज हुने र व्यापार गर्नको लागि पनि उपयुक्त हुने हुदा सबैलाई धन्यवाद दिनुभयो ।
गैंडाकोट ६ का फरक क्षमता भएका र अपाङ्ग भइकन पनि आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्ने स्वावलम्बी कृष्ण सुवेदीले व्हीलचेयरमा विभिन्न घरायसी सामान समेत बेचबिखन गर्न मिल्ने गरी व्हीलचेयरको डिजाइन गरिएको छ।
इलेक्ट्रिक व्हीलचेयरको मूल्य रु एकलाख पैसठ्ठि हजार रहेको इन्फिनिटी ल्याबका संचालक इन्जिनियर सुनिल परियारले फास्ट खबर अनलाइनलाइ जानकारी दिनुभयो । यस्तो किसिमको इलेक्ट्रिक व्हीलचेयर करिब ५ वटा निर्माण गरि देशका बिभिन्न ठाउमा पठाईएको इन्जिनियर परियारले बताउनु भयो । एकै किसिमको इलेक्ट्रिक व्हीलचेयर बनाउदा लागत कम हुने तर अहिले हामीले बनाएको व्हीलचेयरहरु व्यक्ति अनुसार फरक फरक भएकोले महँगो पर्ने उहाले बताउनु भयो ।
यो इलेक्ट्रिक ह्विलचेएर नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरमा इन्फिनिटी ल्याब मार्फत इन्जिनियर सुनिल परियार लगायतको टिमले बनाउनुभएको हो ।
ह्विलचेएर वितरण कार्यक्रममा गैंडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र खनाल ,गैंडाकोट नगरपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईं ,वार्ड नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, नारायणी बहुप्राविधिक शिक्षालय प्रमुख सरिता रेग्मी , कृष्ण सुवेदीको परिवार , गैंडाकोट नगरपालिकाका कर्मचारी ,बुद्धिजीवी ,समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।